• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भ्रमणमा आएको विद्यालयको बस दाङमा दुर्घटना




घोराही । भ्रमणमा आएको विद्यालयको बस दाङमा दुर्घटना भएको छ ।

नेपालगञ्जस्थित भेरी विद्यामन्दिर राँझाको भे १ ख २२२१ नम्बरको बस शनिबार साझ घोराही- लमही सडकखण्डको चौपट्टामा दुर्घटना भएको हो ।
धारापानी मन्दिरको दर्शन गरेर फर्किने क्रममा घोराही उपमहानगरपालिका–३ चौपट्टा ओरालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

ओरालोमा ब्रेक फेल भएपछि चालकले बचाउन भित्तामा बस टसाएको र सो क्रममा भएको दुर्घटनामा परी कम्तीमा १० जना विद्यार्थी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए।
विद्यार्थीलाई सामान्य चोटपटक लागेको र उपचारका लागि लमही अस्पताल पु¥याइएको हो । कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी भ्रमणका लागि दाङ आएको जनाइएको छ ।

 

Facebook Comments