• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिउँदे बालीका लागि रासायनिक मलको अभाव




काठमाडौं । माग अनुसारको आपूर्ति हुन नसक्दा रासायनिक मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ । अहिले हिउँदे बालीका लागि ६० देखि ७० हजार मेट्रिक टन डीएपी मल आवश्यक भए पनि २५ हजार मेट्रिक टन मात्रै भित्रिएकाले मलको अभाव भएको हो ।

मागको ७० प्रतिशत मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले पाएको छ भने ३० प्रतिशत निजी क्षेत्रलाई दिइएको छ । निजी क्षेत्रले मल नै ल्याउन सकेन भने लिमिटेडले पनि टेन्डर पर्दै नपरेको, परे पनि लागत अनुमान भन्दा धेरै परेको लगायतका कारणले पर्याप्त मल ल्याउन नसकेको जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा ३ सयदेखि ३ सय ५० प्रतिशतसम्म मूल्य वृद्धि भएकाले थप मल ल्याउन प्रक्रिया अगाडि बढाउन समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी राजेन्द्र बहादुर कार्कीले बताए । धान बालीका लागि जसोतसो जोहो गरेका किसानले गहुँ खेतीका लागि फेरि मलको अभाव झेल्नुपरेको छ ।

किसानले हरेक सिजनमा रासायनिक मलको अभाव झेल्नुपर्ने ‘नियति नै बनेको छ । वर्षातमा रोपाइँका बेला होस् वा गहुँ छर्दा, समयमै कहिल्यै मल पाउँदैनन् । धेरै ठाउँका किसानले डीएपी मलविना नै गहुँ छरिरहेका छन् ।

मल विना नै हिउँदे बाली लगाउँदा राम्ररी उत्पादन नहुने भन्दै किसान चिन्तित भएका छन् । यस्तै चैते धानबालीका लागि अहिले नै मल ल्याउनका लागि बोलपत्र आह्वान गर्नुपर्ने भए पनि सरकारले त्यसो गर्न नसक्दा चैते धानका लागि झनै मलको अभाव हुन सक्ने उनले बताए ।

Facebook Comments