• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुख्यमन्त्री केसीद्धारा घोराही सभागृहको अवलोकन




लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले वर्तमान सरकार काम गरेर मात्रै कार्यक्रमको आयोजना गर्ने सरकार भएको बताउनु भएको छ । प्रचार गर्ने तर काम नगर्ने नभई वर्तमान सरकारले काम गरेर मात्रै कार्यक्रम गर्र्ने लक्ष्यका साथ अघि बढेको बताउनु भएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । संघले निर्माण गरेको सभागृहको अवलोकन गर्दै मुख्यमन्त्री केसीले सरकारलाई समेत चुनौती दिदै ठुलो लगानीमा अत्याधुनिक भवन निर्माण गरेको बताउनुभयो ।

सभागृहको सजावटमा यहाँको स्थानिय थारु, मगर लगाएतका कला संस्कृती झल्किएमा नेपालकै नमुना योग्य सभागृह समेत बन्न सक्ने बताउनु भयो । भविष्यमा सभागृहमा विभिन्न खालका कार्यक्रम, सभा सम्मेलन आयोजना गरी यसबाट राम्रो मुनाफा कमाउन सकिने मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनु भएको छ ।

उद्योग वाणिज्य संघले व्यवसायीक स्वार्थसँगै सामाजिक हितको कामलाई प्रथमिकता दिनु प्रसंसायोग्य काम भएको बताउनु भयो । साथै उहाँले भवनका लागी थप आवश्यक पर्ने बजेट व्यवस्थापनका लागी प्रदेश सरकार सकारात्मक रहेको समेत बताउनु भएको छ ।

Facebook Comments