• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लगातारको संसद अबरोध जनमतको अपमान: मुख्यमन्त्री केसी




लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिपक्ष दलले प्रदेश सभामा गरिरहेको संसद अवरोध अनुचित भएको बताएका छन् । प्रेस सेन्टर दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा नेकपा एमालले प्रदेश सभामा गरेको संसद अवरोध अनुचित भन्दै जनताको अवाजलाई दवाउन खोजेको आरोप लगाए ।

‘हामी आएदेखि प्रतिपक्षले संसद अवरोध गरेर जनताको आवाज सदनमा मुखारित गर्ने अधिकारलाई पनि कुन्ठीत गरेर बेमौसमको बजाएको छ,’ मुख्यमन्त्री केसीले भने, ‘संसदमा प्रतिपक्षको अनुचित एजेण्डाहरु छ ।’

लोकतान्त्रीक संसकारमा आफ्नो एजेण्डाहरु राख्न पाइने भएपनि लामो समयसम्म संसद अवरोध गर्नु गलत हुने उनको भनाई छ। उनले जसले मुलुकलाई धेरै बनाउनु भन्छ उसैले नै संसद अवरोध गर्नु हाँसो लाग्दो कुरा भएको पनि टिप्पनी गरे ।

‘मैले प्रतिपक्षलाई भनेको छु । सच्चिनुस,’ मुख्यमन्त्री केसीले भने ‘संसद अवरोधले हामीलाई त केही दःुख देला तर प्रदेशवासीको सघीयतलाई कार्यन्वयन गर्ने सपनामा अवरोध भएको छ । कतिपय नियम कानुनहरुलाई संसदबाट पारित गर्नु पर्नेमा रोकिएको छ।’
उनले बरु राजनीतिक प्रतिस्पर्धा गर्न प्रतिपक्षलाई आग्रह गरे ।

Facebook Comments