• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
त्रिवेणीमा २ नं. वडालाई बालश्रम मुक्त घोषणा




रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पाको छैठौं वडाको रुपमा २ नम्बर वडालाई बुधबार बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

“समृद्ध समाज निर्माणका लागि शिक्षाको पहुँचमा बालबालिका, हाम्रो साझा अभियान बालश्रम मुक्त त्रिवेणी गाउँपालिका” को नारालाई आत्मसाथ गर्दै अरनिको माध्यमिक विद्यालयको प्राङ्गनबाट निस्किएको बाजा गाजा सहितको बृहत र्‍याली मङ्गल बजार , नुवागाउ प्रहरी चौकि , नुवागाउ स्वास्थ चौकि हुदै पुनः स्कुलको प्राङ्गणमा आएर कोण सभामा परिणत भएको थियो । त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कविराज वुढाको सभाअध्यक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अथिति त्रिवेणी गाउँपालिकाअध्यक्ष शान्त कुमार वली , विशिष्ट अथिति त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा वुढा घर्ती ,विशेष अथिति त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी , अन्य अथितिहरुमा अरनिको माध्यमिक विद्यालय नुवागाउका प्रधानाध्यापक गणेश घर्ती, नेपाल शिक्षक महासघं त्रिवेणी गाउँपालिका अध्यक्ष तथा शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर घर्ती , भगवती मा.वि. दहवनका प्रधानाध्यापक पर्शुराम वली , शिव माध्यमिक विद्यालय द्वावरपानिका शिक्षक श्यामराज विक , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अमृत वुढा , नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष शेर सिंङ बन्दिपुरे , नेपाली काङ्ग्रेसका प्रतिनिधि भुप बहादुर रोका , प्रहरी चौकी नुवागाँउका प्रहरी साहयक निरिकक्ष बसन्त बहादुर डागी , सामुदायिक रेडियो पल्लवीका साहयक प्रशासन प्रमुख अमृत वली , वडा सचिव चुडामणि देवकोटा , वडा सदस्य, गाउपालिका तथा वडाका कर्मचारी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , सामुदायिक वन महासंघ , विद्यालय व्यवस्थापन समिति,शिक्षक , विद्यार्थी, वाल कल्व , युवा कल्व , बाल अधिकारकर्मी, स्थानीयवासी, महिला समूह , आमा समुह तथा सम्पूर्ण सरोकार वालाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको अवसर पारेर अरनिको माध्यमिक विद्यालयको कम्प्युटर ल्याव , हिरा स्मृति पुस्तकालय , आइसीटी कलास भवनको पनि उत्घाटनका साथै विभिन्न टोलको पैसरु नाच , बिद्यालयका विद्यार्थीको , नृत्य , गित गजल पनि प्रस्तुत गरिएको थियो । त्रिवेणी गाउँपालिका २ नम्बर वडा सदस्य धन बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन शुक्र मा.वि. का शिक्षक पर्शुराम घर्तीले गर्नुभएको थियो ।

Facebook Comments