नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) जिल्ला कार्यालय दाङको बैठक अध्यक्ष शुरामणि बेलबासेको अध्यक्षतामा, पार्टीका केन्द्रीय सचिव भागवत विश्वाशीको प्रमुख आतिथ्यतामा आज २०७८ मंसिर १४ गते पार्टी जिल्ला कार्यालयमा सम्पन्न भएको छ ।
बैठकले यही २०७८ मंसिर १७ गते तुल्सीपुर उद्योग वाणिज्य संघको सभा हल दोघरेमा हुने जिल्ला कार्याकर्ता भेलाको तयारीको समिक्षा गरेको छ । मंसिर ७ गते सम्पन्न दोस्रो वैठकले बनाएको कार्ययोजनाको समिक्षा गर्दै थप योजना निर्माण गरेको छ । भेलालाई व्यबीस्थत बनाउन विभिन्न समिती निर्माण गरिएको थियो तीनको कामको समिक्षा समेत गरेको छ ।
जिल्ला कार्याकर्ता भेलामा पार्टीका वार्ड कमिटी देखि जिल्ला कमिटी सम्म सबै, जन संगठनका जिल्ला र पालिका कमिटीका सबै, जनप्रतिनिधि सबैलाई सहभागी बनाउने निर्णया गरिएको छ । भेलामा प्रमुख अतिथिका रुपमा पार्टी अध्यक्ष माधब कुमार नेपाल र पार्टीका उपमहासविच डा.विजय पौडेललाई आमन्त्रण गरिएको छ ।
बैठकलाई प्रमुख अतिथि भागवत विश्वाशी, पार्टी केन्द्रीय सदस्य तथा दाङ ईन्चार्ज जोगबहादर राना, केन्द्रीय सदस्य जिल्ला सह ईन्चार्जहरु शारदा स्वर्णकार, अनारकली मिया, पार्टी केन्द्रीय सल्लाकार नारायण प्रसाद आचार्य, प्रदेश सदस्य डम्वर बिसीलगायतले निर्देशन संबोधन गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।