• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार सहकारी बनाएर पूँजी निर्माणमा जुट्न अर्थमन्त्रीको आव्हान




सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने बताउनुभएको हो ।

पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारहरूको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माले बताउनुभएको हो ।

‘पत्रकारिता मात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारहरूको सहकारी समूह बनाएर तपाईँहरू सञ्चालन गर्न सक्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ ।’

त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने उहाँले बताउनुभयो ।

मन्त्री शर्माले तत्काल राष्ट्रिय पुँजी निर्माण हुने सम्भावना कम रहेको बताउनुहुँदै पहिले सामुदायिक पुँजी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिगत प्रतिस्पर्धाहरूलाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने बताउनुभएको हो ।

पत्रकारहरूलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि उहाँले बताउनुभयो । आस्थाकै आधारमा गलत कार्य तथा प्रवृत्तिको आलोचना गर्न नपाउने भन्ने नहुने मन्त्री शर्माले बताउनुभएको हो । ‘प्रेस सेन्टर पार्टीसँग सम्बन्धित संगठन होला, तर पार्टीको मान्छेले गल्ती गर्दा उसको आलोचना गर्ने छुट तपाईँहरूसँग छ’, उहाँले भन्नुभयो, ‘त्यसकारण तपाईँहरूसँग आफ्नो विचार राख्ने कुरामा स्वतन्त्र हुनुहुन्छ ।’

Facebook Comments