चेतमान बांठा
होलेरी, १४ मंसिर । दुबै मृगौला फेल भएर पीडित बनेका रामसिंङ बिश्वकर्मा बचाउ अभियान चलाउदै पत्रकार चेतमान बांठा र बिरेन्द्र घर्तीले रोल्पाको होलेरीबाट अभियान सुरु गरेका छन् ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ५ जस्पुर निवासी ३१ बर्षीय रामसिङ बिश्वर्कमाको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।
३१ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।
बुवा मुमानसिह बिश्वकर्मा र आमा धनसरी बिश्वकर्माको कान्छो छोरा रूपमा जन्मिएका रामसिंङ बिश्वर्कमा
लोकदोहोरी गायक,डिजिटल मिडिया पत्रकार, दाङ जिल्ला यसोसियसन सदस्य, लोक तथा दोहोरी गीत प्रतिस्ठानको सहसचिब,र स्वर्गद्वारी ए.फ.एमका कुशल कार्यक्रम सन्चालक हुन ।
केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित रामसिंङ सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।
नेपाल भारत मैत्री हस्पिटल तथा चेष्ट सेन्टर काठमाडौंमा उपचार गरिरहेका रामसिंङ को आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । उन को उपचार को लागी सम्पर्क मोबाइल नं. 9860207171 र 9742252101 मा सम्पर्क गरि सहयोग अपिल गरेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।