• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र भूमेको अध्यक्षमा रुपधन कामी




प्रभात गुरुङ । २०७८ मंसिर १३ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुकम पुर्व भूमे गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । ११ गते उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । माओवादी केन्द्रको निर्णय अनुसार देशभर एकैसाथ सम्मेलन गर्न लागिएको सम्मेलन सोही अनुसार सम्पन्न भएको प्रदेश समिति सदस्य तथा भूमे गाउँपालिका इन्चार्ज जयवीर घर्तीले जानकारी दिनुभयो ।

नयाँ कार्य समिति अध्यक्ष रुपधन कामी सर्व सम्मत चयन भएका छन् । ६ जना सदस्य पछि थप गर्ने गरि ५५ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । जसको उपाध्यक्षमा सविना बुढा मगर, लिलाप्रसाद सुनार, नमिता पुन रहेका छन् । त्यस्तै सचिवमा नारायन पुन, सह सचिवमा ओमकुमारी राना तथा कोषाध्यक्षमा टेक प्रसाद बुढा चयन भएको इन्चार्ज घर्तीले जानकारी दिनुभयो सम्मेलनको उद्घाटन पुर्व मन्त्री नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले गर्नुभएको थियो ।

त्यस्तै प्रदेश सम्मेलनका लागि ९ सदस्यीय प्रतिनिधि छनोट गरेको छ । जसमा गजेन्द्र बहादुर वली, लिलाप्रसाद सुनार, सविना बुढा मगर, मनकुमारी बुढा विस्त, धुर्व विक्रम वलि, प्रवेश पुन

रुपधन कामी, नमिता पुन, नारायन पुन रहेका छन् ।

Facebook Comments