• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र पुथा उत्तरगंगाको अध्यक्षमा कामी




हिक्मत पर्तेल – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिकामा हर्क बहादुर कामी (जुझारु) काे अध्यक्षतामा ४९ सदस्यीय कमिट सर्व सम्मतबाट निर्वाचित भएकाे छ ।

गाउँ पालिकाकाे दाेस्राे सम्मेलनबाट जुझारुकाे नेतृत्वमा महिला टर्फकाे ४ जना सदस्य पछि मनाेनित गर्ने गरी ४९ सदस्यीय कमटी निर्वाचित भएकाे हाे जसकाे उपाध्यक्षमा जनक छन्त्याल, दिलु कुमारी बुढा र गंगा बहादुर पुन निर्वाचित हुनुभएकाे छ। भने सचिवमा भिम बहादुर मल्ल र सह सचिवमा टीका शाही घर्ती निर्वाचित हुनु भएकाे छ । त्यस्तै काेषाध्यक्षमा मनि प्रसाद बुढा निर्वाचित हुनुभएको छ । सम्मेलनले कमिटीकाे सबै पदाधिकारी लगायत अन्य सदस्य सहमतिमै निर्वाचित भएकाे थियाे ।

निर्वाचित कमिटीलाई नेकपा माओवादी केन्द्रकाे निर्वाचन समितिका निर्वाचन अधिकृत रुद्र बहादुर के सी ले सपत ग्रहण गराउनु भएकाे थियाे भने सम्मेलनका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रुकुम पुर्वका पार्टी इन्चार्ज तथा प्रदेश सभा सदस्य टेज बहादुर ओेलीले अबिर लगाएर र प्रदेश कमिटी सदस्य पुनिराज घर्ती र हाेम प्रकाश श्रेष्ठले खाता ओडाएर बधाई तथा शुभकामना दिनु भएकाे थियाे ।

नव निर्वाचित कमिटीलाई नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जगत घर्तीले बधाई तथा शुभकामना मन्तव्य दिनु भएकाे थियाे । मन्तव्य दिने क्रममा घर्तीले भाैगलिक क्षेत्रले विकत, सामजिक क्षेत्रले पिछडिएको याे क्षेत्रलाई नयाँ दंगले अगाडि बद्न निर्वाचित कमिटलाई निर्देशन दिनुभयाे ।

नव निर्वाचित अध्यक्ष हर्कबहादुर कामीले पार्टीमा रहेकाे चुनाैती विकृति, बिसङ्गती तथा विभिन्न भ्रमहरुकाे अन्त्य गर्न जुन जिम्मेवारी पाएकाे र आफ्नाे जिम्मेवारी निभाउने प्रतिबद्धता जाहेर गर्नु भएकाे थियाे । सम्मेलनकाे बन्द सत्रकाे अध्यक्ष मण्डलमा नन्द प्रसाद पुनकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन दिपेन्द्र कुमार छन्त्यालले गर्नु भएकाे थियाे ।

Facebook Comments