• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा विज्ञान संकायका विद्यार्थीलाई अभिमुखीकरण




घोराही, १२ । दाङको घोराहीमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीका लागि करियर परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नाम दाङको आयोजनामा शनिबार घोराहीमा रहेको माला इन होटलमा सो कार्यक्रम सम्पन्न भएको हो ।


  1. कार्यक्रमका बोल्दै प्रमुख अतिथीं महेन्द्र बहुमखी क्याम्पसका वनस्पतिशास्त्रका उपप्रध्यापक तोयनाथ बेलवासेले कार्यक्रमको महत्वबारे प्रष्ट पार्दैै प्लटुमा पढ्दा एमविविएसको प्रवेश परीक्षाको तयारी गर्नु भनेको ६० लाख बचत हुने बताए । अहिले एमविविएस पढ्नको लागि ६० लाख जति पैसा खर्च हुने, तर छात्रवुत्तिमा नाम निकाल्दा भने यो पैसा बच्ने भन्दै तयारी कक्षा संचालनमा यो टिमलाई विश्वास गर्न सकिने पनि उनको भनाइ छ ।
    कार्यक्रममा बोल्दै दाङका उत्कृष्ट गणित शिक्षक रामजनम चौधरीले ह्वाट अफटर प्लसटु साइन्स ? र नेम दाङको एडमिशन प्रोड्युसरको बारेमा दुईवटा छुट्टाछुट्टै पावर पोइन्ट प्रिजीन्टेसन प्रस्तुत गरे । विद्यार्थीलाई प्लसटु पछि विषय छनोट गर्न तथा उक्त विषयको इन्ट्रान्स तयारी गर्न नाम दाङ सारथी बन्ने उनले स्पष्ट पारे । नाम दाङको तर्फबाट सम्पूर्ण खर्च विवरण प्रस्तुत गरि हामी नाम दाङका शिक्षक साथीहरु विद्यार्थीको सुन्दर भविष्यको निम्ति फि नलिइ पढाउन समेत तयार रहेको र पहिलो एक सय जनाको ग्रुपलाई ५० प्रतिशत भर्ना छुट दिने संस्थाको रणनीति रहेको समेत उनको भनाइ छ ।
    त्यस्तै कार्यक्रममा बोल्दै रसायनशास्त्रका शिक्षक दिपक दाहालले आफ्नो पावर पोइन्ट प्रिजिन्टेसनमा नाम दाङका लक्ष्य र उद्देश्य स्पष्ट पार्दै संस्थामा रहेका टिमको परिचय समेत दिए । प्रि–मेडिकल तथा प्रि इन्जिनेरिङ तयारी कक्षा र सामान्य टियसन बीचको फरक देखाइ उस्तै फिमा तयारी कक्षा लिदा प्लसटुको बोर्ड परीक्षालाई समेत सहयोग हुने उनले बताए । नाम दाङले मंसिर १२ गतेबाट मेडिकल तथा इन्जिनेरिङका तयारी कक्षा चैत्र १२ गतेसम्म संचालन गर्ने र हरेक शनिबार मोडल परीक्षा हुने तथा चैत्र १२ गतेपछि १ महिना एनइबी परीक्षाको निम्ति कमान्डो क्लास चलाउने भएकाले सामान्य टियुसन भन्दा तयारी कक्षा धेरै प्रभावकारी हुने भन्दै दाङमा पहिलो पटक एमविविएस÷ विइ तयारी कक्षा संचालन गरि नाम दाङ विद्यार्थीको करियर निर्माणको कोशेढुङ्गा हुने उनको भनाइ छ ।
    त्यसैगरी जीव विज्ञानका शिक्षक किरण चौधरीले आफ्नो पावर प्रिजेन्टेसनमा नेपालमा मेडिकल तथा पारा मेडिकल शिक्षाको बारेमा स्पष्ट पार्दै एमविविएस तथा पारामेडिकल कोर्ष पढ्दा कडा प्रतिस्पार्धा हुने भएकाले कक्षा ११ देखि नै तयारी जुट्नुपर्ने भन्दै नाम दाङले उपयुक्त किताव तथा तयारी सामाग्री प्रदान गरि विद्यार्थीलाई धेरै सहयोग हुने बताए।
    त्यसैगरी इन्जिनियरका शिक्षक विष्णु केसीले आफ्नो प्रिजेन्टेसनमा इन्जिनेरिङ कलेज तथा कलेजले प्रदान गर्ने छात्रवृत्ति कोटाबारे स्पष्ट पार्दै आफ्नो प्रवेश परीक्षा तयारी गर्दाको अनुभव समेत प्रस्तुत गरे ।
    कार्यक्रममा पाँचवटाा पावरपोइन्ट प्रिजेन्टसन प्रस्तुत गरेर उद्देश्य प्रष्टपार्न खोजिएको थियो ।
    पद्मोदय पब्लिक माध्यामिक विद्यालयका छात्र विजय रेग्मी, गोर्खा सेकेण्डरी स्कूलका छात्रा शितल आचार्य र दाङभ्याली कलेजका छात्र सुदिप चौधरी कार्यक्रममा बोल्दै यो अभिमुखी कार्यक्रमले आफूहरुलाई धेरै सहयोग गर्ने भएकाले खुशी व्यक्त गर्दै नाम दाङलाई विशेष धन्यावद दिए ।
    नाम दाङका अध्यक्ष दिपक दाहालको अध्यक्षता एवं महेन्द्र बहुमखी क्याम्पसका वनस्पतिशास्त्रका उपप्रध्यापक तोयनाथ बेलवासेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।
    भौतिक शास्त्रका शिक्षक महेन्द्र पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बासुदेव खबीले गरेका थिए ।
Facebook Comments