• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय सम्मेलनबाट समाजवादको मोडल तयार गर्छौंः प्रचण्ड (भिडियोसहित)




नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौं शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आव्हान गर्नुभएकाे छ ।

पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई शनिवार भर्चुअल सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौं ।

इतिहासको नयाँ संश्लेषण गर्नेछौं । समाजवादी आन्दोलनले, समाजवाद निर्माणको प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गर्ने छ । एक्काइसौ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ । अहिले विकास भएका प्रवृति र राम्रा नराम्रा कामको समिक्षा गर्दै जानु पर्छ ।’ अध्यक्ष प्रचण्डले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट नयाँ विचारको संश्लेषण गदै पहिलो पार्टी बनाउने घोषणा गर्नुभयो । उहाँले इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको पनि जानकारी दिनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोशिष मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौं । ती तथाकथित अधिवेशन र हाम्रो विचार संस्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’

समाजवादी क्रान्ति सम्पन्न गर्ने कुरामा सबै पार्टी कमिटीमा एक रुपता ल्याउनु पर्ने आवश्यकता रहेको उहाँको भनाई थियो। उहाँले आउँदा दिनमा विचार संश्लेषणमा एकरुपता ल्याउनु पर्ने रआत्म समिक्षा गरेर अगाडि बढ्नु पर्नेमा औल्याउनुभयो । अध्यक्षले भन्नुभयो, ‘हाम्रो पार्टी पनि अरु बुर्जुवा पार्टीजस्तै व्यक्तिगत स्वार्थमा जाने खतरा देखियो । त्यसैले बेलैमा कमिकमजोरी सच्याउनेतिर लाग्नुपर्छ । निर्मम आत्मसमीक्षा गर्नुपर्छ । त्यही संकल्पको प्रक्रियामा विभिन्न सम्मेलनमा छौं ।’ पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै उहाँले केही महिनाभित्र माओवादी एक नम्बर पार्टी बन्ने बताउनुभयो ।

‘कुनै न कुनै रूपमा माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरू र यसले अगाडि ल्याउन खोजेका समाजवादी आन्दोलन, समाजवादी अभियानलाई निस्तेज पार्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वहरू लागेका छन्। यसलाई चिर्ने चुनौती पनि छ। यो एउटा अवसर र चुनौती दुबै हाम्रासामु खडा छ’ प्रचण्डले भन्नुभयो, ‘हामी एकतावद्ध भएर जाँदा यो सामना गर्न सकिन्छ। यसमा हामी सबै एकजुट भएर लागौं।’

अध्यक्ष प्रचण्डले अब पार्टी क्रान्तिकारी धारमा अघि बढ्ने बताउनुभयो। उहाँले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधारालाई आत्मसात् गर्दै अघि बढ्न निर्देशन दिनुभयो। अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन आग्रह गर्नुभयो।

Facebook Comments