नेकपा माओवादी केन्द्र दाङले अधिकांश पालिकामा निर्बिरोध नेतृत्व चयन गरेको छ । मंसिर ११ गते भएको सम्मेलनबाट जिल्लाका दश पालिकामध्ये आठ वटा पालिकामा नेतृत्व चयन गरिसकेको छ भने लमही र तुलसीपुरमा नेतृत्व चयन बाँकी छ ।
प्रायः सबै पालिकाको नेतृत्वमा युवा अनुहार देखिएको छ । घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश वली, सचिव भागिदास चौधरी, मने विश्वकर्मा र कोषाध्यक्ष दिलकुमारी बुढा निर्वाचित हुनुभएको छ ।
गढवा गाउँपालिका अध्यक्षमा अध्यक्ष यमनारायण पोख्रेल निर्वाचित हुनुभएको छ । उपाध्यक्ष दिपा पुन, देबराज यादव र बसन्ती चौधरी, सचिव कैलाश चौधरी, सहसचिव ज्ञानबहादुर परियार र कोषाध्यक्ष बसन्त गिरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै दंगीशरणमा अध्यक्ष मणिराम चाधरी, उपाध्यक्षहरु बिरु ओली, निर्मला चौधरी र दिलकुमारी बिक, सचिव दिपक गौतम, सहसचिव टंक ओली र कोषाध्यक्ष हरिप्रसाद कक्रेल निर्वाचित हुनुभएको छ ।
त्यस्तै राप्ती गाउँपालिकाम अध्यक्ष श्यामेश चौधरी, उपाध्यक्षहरु राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा र सुरेश चौधरी, सचिव तुला गिरी, सहसचिव बसन्त नेपाली र कोषाध्यक्ष भगवता अधिकारी निर्वाचित हुनुभएको छ ।
शान्नितगर गाउँपालिकामा अध्यक्ष नेबबहादुर रोका, उपाध्यक्षहरु खगेन्द्र शर्मा, रिता बटला र प्रदिप वली, सचिव पिमलाल ओली, सहसचिव हिरालाल सुनार र कोषाध्यक्ष जंगबहादुर पुन निर्वाचित हुनुभएको छ ।
राजपुरमा अध्यक्ष चक्रबहादुर खड्का, उपाध्यक्षहरु श्यामबहादुर रोका,भोगेन्द्रसिंह राजपुत र लक्ष्मी देवी चौधरी, सचिव बिष्णुप्रसाद यादव, सहसचिव दिलमति ओली चौधरी र कोषाध्यक्ष भीम वली निर्वाचित हुनुभएको छ ।
त्यसैगरी बबइ गाउँपालिकामा अध्यक्ष डिल्लीबहादुर बुढाथोकी, उपाध्यक्षहरु रमेश सुनार, प्रेम जिसी, यज्ञबहादुर ओली, सचिव अञ्जु घर्ती, सहसचिव खुमबहादुर बिक र कोषाध्यक्ष परेलाल बुढा निर्वाचित हुनुभएको छ ।
बंगलाचुलीमा अध्यक्ष डोमाकान्त कँवर मगर, उपाध्यक्षहरुमा गिरराज बाँठा मगर, यमुना घर्ती र रमा पुन, सचिव दामोदर खड्का, सहसचिव शोभाराज विश्वकर्मा र कोषाध्यक्षमा बासुदेव महरा निर्वाचित हुनुभएको छ ।
तुलसीपुरमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन समितिले आज दिउँसोदेखि प्रक्रिया अघि बढाउने भएको छ भने लमहीमा कार्य समिति चयन भए पनि नेतृत्व चयन हुन नसकेकाले मंसिर १५ गतेको बैठकबाट टुंगो लगाउने जानकारी आएको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ले जानकारी दिनुभयो ।
सबैतिरका कार्य समितिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र मुश्लिम समुदाय रहेको ठाउँमा दुई प्रतिशत मुश्लिम समुदायबाट प्रतिनिधित्व भएको पनि उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।