• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेस जिल्ला सभापतिका लागि दाङमा पुनः मतदान हुँदै, डाँगीद्वय प्रतिष्पर्धामा




नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत हिजो दाङमा भएको मतदानमा ५१ प्रतिशत मत कुनै पनि सभापतिका उमेदवारले ल्याउन नसकेपछि आज पुनः मतदान हुने भएको छ ।

सभापति पदका लागि धेरै मत ल्याउने शंकर प्रसाद डागी र भूप बहादुर डांगी बिच मतदान हुन लागेको हो । आज बिहान १० देखी ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

सभापती पदका लागी प्रतिस्पर्धीमा रहेका मध्ये सबैभन्दा धेरै मत शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्रप्त गर्नुभएको थियो ।

यस्तै २ जना उपसभापतीका लागि उमेद्वारी दिएका ७ जना मध्ये कमानसिंह भारती र गिरीराज सुुबेदी विजयी हुनुभएको छ । उपसभापती पदका उमेद्वार यकराज आचार्य, प्रदिपकुुमार खड्का, बुुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुुर डाँगीलाई पराजित गर्दै भारती र सुबेदी उपसभापती पदका लागी निर्वाचित हुनुभएको हो ।

कुल मतदाताको संख्या २ हजार १ सय ९२ रहेकोमा २ हजार १ सय ३५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, दुुई सचिब पदका लागि उमेद्वारी दिएका ४ जना मध्ये सूूर्यप्रकाश राना र कृष्णप्रसाद सुुबेदीलाई पछि पार्दै बालिका लम्साल र अर्जुुनकुमार योगी निर्वाचित हुनुभएको छ ।

यसैगरी, २ सहसचिब पदका लागि उमेद्वारी दिएका ४ जना मध्ये लक्ष्मि योगी, र हरिप्रसाद भुुसाललाई पछि पार्दै राजुु आचार्य र सुुबोधकुुमार डाँगी निर्वाचित हुनुभएको छ ।।

Facebook Comments