• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविमा नयाँ विद्यार्थीलाई स्वागत, पुरानालाई बिदाई




ज्ञानसिन्धु मा.वि घोराही दाङले कक्षा ११ मा २०७८÷०७८ का लागि भर्ना भएका नवआगन्तुक विद्यार्थी तथा २०७७ सालको कक्षा १२ को परीक्षा दिइसकेका विद्यार्थीहरुको बिधाई समारोह एकैसाथ सम्पन गरेको छ ।

नयाँ पुराना गरी करिब १००० विद्यार्थीहरुको उपस्थितिमा विद्यालयले विद्यालयकै प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । २ वर्षसम्म कोरोना कहरका कारण कुनै पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन नसकेका विद्यार्थीहरु बिहान ७:०० बजेदेखि नै विद्यालयको प्राङ्गणमा उपस्थित भइसकेका थिए भने कार्यक्रम दिउँसो एकबजे मात्र समापन भएको थियो ।

त्यसबिचमा विद्यार्थीहरु गीत, नृत्य, गजल, कविता, हास्यव्यङ्यजस्ता प्रतिभाहरु देखाउनमा व्यस्त थिए । यसरी कक्षाकोठाको एकोहोरा पढाइबाट वाक्क भएका विद्यार्थीहरु हँसिला खुसिला देखिन्थ भने तालीको वर्षा मात्र होइन आआफ्नो स्थानबाट उठेर छाछमी नाच्न थालिसकेका देखिन्छ । उक्त कार्यक्रममा कक्षा ११ को वार्षिक परीक्षामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीद्वय बलबहादुर बाँठा र रश्मी ओली, द्वितीय स्थान हासिल गर्ने मनिषा खड्का र सर्मिला बुढाथोकी, तथा तृतीय स्थान हासिल गर्ने यमुना डाँगीलाई विद्यालयले पुरस्कृत गरेको थियो ।

कक्षा १२ की छात्रा यमुना डाँगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक हुकुम बुढाथोकीले विद्यार्थी विद्यालयका बहुमूल्य गहाना भएकाले यिनीहरुलाई गुणस्तरीय शिक्षा दिनुमात्र आफ्नो काम नभएर यिनीहरुको हरसमस्यामा सहयोग र संरक्षण गर्नु पनि आफ्नो दायित्व भएको कुरा बताउनुभयो । विगतका दिनहरुमा आफ्नो विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याएकाले विद्यार्थीहरुको आकर्षण बढिरहेकाले आफूहरुले विद्र्याीहरुको प्रगतिमा कुनै कमी आउन नदिने प्रतिबद्धता जाहेर गनुृभयो ।

अर्को प्रसङ्ग कोट्याउँदै यसवर्षदेखि कानुन विषय थपगरी अनुशासन, न्याय, निश्पक्षता, समानता, आचरण व्यवहारको पाठ पढाउन सुरुगरेको समेत बताउनुभयो । यसै सन्दर्भमा विद्यालयका संयोजक तिलक अधिकारीले आफ्नो विद्यालयमा पछिल्ला वर्षहरुमा विद्यार्थीहरुको भार थेगीनसक्नु भएको भन्दै कक्षाकोठाको बन्द वातावरणमा मात्र विद्यार्थीको प्रतिभाले प्रस्फुटन हुने मौका नपाउने भएकाले आफूहरुले शैक्षिक गुणस्तरका साथै सिर्जनशील तथा मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी गराउँदै विभिन्न स्थान सुरक्षित गर्दै आइरहेको बताउनु भयो ।

विद्यार्थीहरु आफूहरुका दोस्रा सन्तान भएकाले यिनीहरुको रुचि, खुसीमा हमेसा साथ दिइरहनेसमेत बताउनु भयो । अर्को प्रसङ्गमा उहाँले आफ्नो विद्यालय शिक्षा सङकायको मात्र नभइ व्यवस्थापन र कानुनकोसमेत हब बन्दै गइरहेकाले विद्यार्थीहरुलाई शैक्षिक, नैतिक, भौतिक साथ र सहयोग गर्न आफूहरुले कहिल्यै नछाड्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम कक्षा १२ की छात्रा स्वस्तिका अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको थियो । उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरु खड्क, के.सी., सिर्जना खत्री, सन्तोष सुनारले आफ्ना पूर्व अनुभव सुनाउन भएको थियो । कार्यक्रमको सहजीकरण कक्षा १२ की छात्रा अस्मिता नेपाली र छात्र सुनिल बि.कले गर्नुभएको थियो ।

Facebook Comments