प्रेस सेन्टर लुम्बिनीको अध्यक्षमा मानसिंह बिक निर्बिरोध निर्वाचित हुनुभएको छ ।
प्रदेशको राजधानी देउखुरीमा भएको दोस्रो प्रदेश अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रुद्रहरि कुँवर, खुला उपाध्यक्ष प्रदीप वाग्ले र समावेशी उपाध्यक्ष प्रकाश चौधरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै प्रमुख सचिबमा भुपेन्द्र ओली, खुला सचिबमा टीकाराम पोख्रेल, दिबाकर पोख्रेल र गणेश पाण्डे, महिला सचिब भावना सुवेदी, जनजाति सचिब गजेन्द्र गुरुङ, दलित सचिब चिन्ताबहादुर दर्जी र मधेशी सचिब आलम खान तथा कोषाध्यक्षमा मनिष कार्की निर्वाचित हुनुभएको छ । समितिमा दाङबाट सदस्यहरु सन्तोष अधिकारी र शालिकराम मुसाफिर तथा लेखा समिति सदस्यमा युगराज पोख्रेल निर्वाचित हुनुभएको छ ।
अधिवेशनबाट ४१ सदस्यीय प्रदेश कार्य समिति बनेको छ । त्यस्तै लेखा समिति संयोजकमा शीतल थापा निर्वाचित हुनुभएको छ भने सदस्यमा युगराज पोख्रेल र बिमलराज डाँगी निर्वाचित हुनुभएको छ । अनुशासन समिति संयोजकमा माया केसी निर्वाचित हुनुभएको छ ।
अधिवेशनउद्घाटन माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्नुभएको थियो भने मुख्यमन्त्री कुलप्रसाद केसीलगायतले सम्वबोधन गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।