• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
८ औं पार्टी पुनर्गठन दिवस, दाङमा भब्य रुपमा मनाइयो




घोराही, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले पार्टीको ८ औं पुनर्गठन दिवसको अबसरमा देशब्यापी रुपमा दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान गरि उत्सब मनाएको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार नेकपा पार्टी दाङले पनि बुधबार पार्टी पुनर्गठन दिबसको अवसरमा जिल्लाभरी दिप प्रज्वलन र शुभकामना आदानप्रदान गरि पार्टी पुनर्गठन दिबसको भब्य उत्सब  मनाएको हो ।
८ औं पार्टीको पुनर्गठन दिवसको अबसरमा दाङका मुख्य शहर तथा घोराही उपमहानगरपालिका अन्तर्गत गोग्ली,भैसाइ रामपुर बजार,सौडिकुला, घोराही बजार लगायत सबै वडाका चोक-चोकमा ब्यानर राख्ने र दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान गरि भब्य रुपमा पार्टी पुनर्गठनको उत्सब मनाएको नेकपा घोराही नगर कमिटीले जनाएको छ ।
सो अबसरमा घोराहीको सहिद गेटमा गरिएको दिप प्रज्वलनलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज दिपक विष्टले ८ औं पार्टी पुनर्गठन दिवसको अबसरमा दिप प्रज्वलन गरि उत्सब मनाएको बताए ।
कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङका उपाध्यक्ष खुमन पौडेलले गरेका थिए ।

तीन दिनसम्म मनाउने पार्टी पुनर्गठन दिबसको अवसरमा मंसिर ६ गते घोराहीमा मोटरसाइकल र्याली गरेको, मंसिर ७ गते तुलसीपुरमा विभिन्न खेलकुद प्रतियोगिताको गरेको र मंसिर ८ गते ८औ पार्टी पुनर्गठन दिबसको अवसरमा जिल्लाका मुख्य सहरका चोकमा दिप प्रज्वलन,ठाउठाउमा झण्डा व्यानर प्रदर्शन लगाएत नेता-कार्यकर्ताहरुले एक आपसमा अबिर आवरण गर्दै शुभकामना आदानप्रदान गरि पार्टीको पुनर्गठन दिबसलाई उत्सबका रुपमा मनाइएको नेकपा दाङले जनाएको हो ।

 

Facebook Comments