• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोरखा माविमा स्क्र्याबल च्याम्पियनसिपलाई सम्मान




घोराही, ६ मङ्सिर । नेशनल स्क्र्याबल च्याम्पियनसिप गोरखा माविका छात्र उत्सव घिमिरेलाई सम्मान गरिएको छ । घिमिरे गत शनिबार तनहुँमा भएको राष्ट्रिय प्रतियोगितामा प्रथम हुनुभएको थियो । घिमिरे अब अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनुभएको छ ।

घिमिरेलाई गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाले सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि बुढाले देशका होनहार प्रतिभा विकास गर्न गोरखा ग्रुपले लगातार प्रयास गरिरहेको भन्दै घिमिरेजस्ता धेरै विद्यार्थी प्रतिष्पर्धामा अगाडि आउनुपर्ने बताउनुभयो ।

गोरखा माविका प्राचार्य मानसिङ घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा ग्रुपका उपाध्यक्ष बिष्णुप्रसाद घर्ती र स्क्याबल दाङका संयोजक वसन्त रिजालले शुभकामना दिनुभएको थियो । कार्यक्रम संचालक शिक्षक लोकबहादुर बुढाले गर्नुभएको थियो ।

Facebook Comments