• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चारलेन सडकमा ढिलासुस्तीः बन्न थालेकै छैन, फाट्न थालिसक्यो





एकराज भण्डारी

०७८ साउन १ गते दाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फेसबुकमा निर्माण व्यवसायी द्रोण दुलालको फोटो पोष्ट गर्दै घोराही–तुलसीपुर फोरलेन पक्की सडकको निर्माणको काम पुनः शुरु भएको भन्दै १८ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाउनुभयो । तर तीन महिना बित्यो फोरलेन सडकमा सामान्य टालटुलबाहेक परिणाम देखिने खालको काम केही भएको छैन । बरु निर्माण गर्न भन्दै भत्काइएको सडक र बचेको कालोपत्रे उत्रिएर फोरलेन ज्यानमारा सडकमा परिणत भएको छ ।

कुइरेपानी–घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको काम ०७८ साउन १३ मै सम्पन्न भइसक्नुपर्ने हो । तर सडकको अवस्था झन–झन बिग्रिदै गएको छ । तुलसीपुरदेखि घोराहीको दूरीमा मात्रै अहिले ठूला साना एक सय ९३ बढी खाल्टा खुल्टी परेका छन् । कालोपत्रे उत्रिएर सडक फाटेको छ । धुलो, हिलो त छँदैछ । दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ । खाल्टाखुल्टीमै परेर तुलसीपुर–१० राइखलियानका ३५ वर्षीय चूडामणि भण्डारी र घोराही–३ का ४३ वर्षीय खुशीराम चौधरीले त ज्यानै गुमाइसक्नुभयो । घाइते, अंगभंग हुने दुर्घटना दिनहुँजसो भइरहेका छन् ।

वरपरको भाग खन्दै सडक झन साँघुरो बनाएर छोडिएको पनि वर्षौं हुन थाल्यो । त्यहीमाथि ठाउँ–ठाउँमा डाइभर्सन हालेर सडक झनै जोखिमपूर्ण बनाइएको छ । कुनै ठाउ“मा आधा बाटो ढाक्ने गरी निर्माण सामग्रीहरु थुपारिएको छ । काम रोकिएको महिनौं भयो । निर्माणका नाममा बाटो बिगारेर असरल्ल पारेकै कारण घोराहीबाट हिडेको मोटरसाइकल चालक तुलसीपुर पुग्दा वा तुलसीपुरबाट हिडेको यात्रु घोराही पुग्दा धुलैधुलोले छोपिन्छ । तर धुलो निवारणको काम समेत हुन सकेको छैन ।

दुर्घटनापछि पुरिन्छन् खाल्टा
घोराही उपमनपा–१० सांैडिकुलाचोक आसपासको सडकमा ठूला–ठूला खाल्टा थिए । गत कार्तिक २७ गते राति प्रहरीकै एक अधिकारी त्यही खाल्टामा परेर मोटरसाइकल दुर्घटनामा परे । कार्तिक २८ गते बिहानै सौंडिकुला क्षेत्रका सबै खाल्टा पुरियो । कारण शनिवार राति प्रहरी नै त्यही खाल्टोमा परेर घाइते भए । यसअघि पनि तुलसीपुरको रानीघाट खोलापूर्वको खाल्टोमा परेर राइखलियानका युवकको ज्यान गएको अर्को दिन उक्त खाल्टो पुरिएको थियो । घोराही–तुलसीपुर फोरलेन सडक खण्डमा सयौं खाल्टाखुल्टी छन् । तर खाल्टा पुर्न कसैको ध्यान गएको छैन । खाल्टा पुरिन कि ओहोदाकै व्यक्तिहरु दुर्घटनामा पर्नुपर्छ कि त दुर्घटनामा परेर कसैको ज्यान जानुपर्छ ।

निर्माणधीन फोरलेन सडकमा दिनहुँ साना ठूला दुर्घटनाहरु हुने गरेको सौडिकुलाका राजन न्यौपानेले बताउनुभयो । ‘हरेक दिन दुर्घटना हुन्छन् । कैयौंले ज्यान गुमाइसके । घोराही उपमहानगरपालिकामा खाल्टाखुल्टी पुर्न पहल गर्दिनुप¥यो भनेर पटक–पटक जानकारी गराउ“दा पनि कुनै वास्ता भएन’– न्यौपानेले भन्नुभयो– ‘स्थानीय सरकारले पिच त गर्न नसक्ने भयो । कमसेकम आफ्नो क्षेत्रभित्रका सडकमा भएका खाल्टाखुल्टी पुर्न त सक्छ होला नि ? स्थानीय सरकार रमिता हेरेर बसेको छ’ घर छेउका सडकमा दुर्घटना हुन थालेपछि स्थानीयहरु मिलेर सांैडिकुलाचोक वरपरका खाल्टा पुरेका छन् । अन्यत्रका खाल्टा उस्तै छन् । स्थानीय भन्छन्– ‘सडकैभरि खाल्टैखाल्टा छन् । हामीले कहाँ–कहाँ पुर्ने ? सक्दो ग¥यौं । अरु कसले पुर्ने हो बेलैमा ध्यान जाओस् ।’

तुलसीपुर–१९ बिजौरीका गोविन्द पौडेलले फोरलेन निर्माण आयोजनाको काम भए पनि दुर्घटना रोक्न खाल्टाखुल्टी पुर्ने काम स्थानीय सरकारले गर्दा पनि राम्रै हुने बताउनुभयो । त्यति काम पनि नहु“दा यात्रुले मात्रै होइन विरामी बोकेर चौविसै घण्टा दौडधुप गर्ने घोराहीका एम्बुलेन्स चालक सागर चन्दलाई झन अप्ठेरो छ । उहाँले सर्रा, गुर्जेखोला आसपास, सौडिकुला वरपर, पत्रेखोला, सक्रामखोला, ग्वारखोला, कालाखोला उकालो, मोतीपुर र हात्तीखौवा आसपासाको क्षेत्रमा सवारी साधन चलाउँदा निकै अप्ठ्यारो हुने बताउनुहुन्छ । गम्भीर विरामीलाई अस्पताल छिटो पु¥याउनुपर्ने बेला घोराही–तुलसीपुर सडकको अवस्थाले निकै अवरोध खडा गरेको एम्बुलेन्स चालक चन्दको दुखेसो छ ।


देखेको नदेख्यै स्थानीय सरकार

घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको काम आयोजनाकै जिम्मा हो । तर पेटी ठेकेदारको लापरवाहीले सडक अलपत्र भएको पनि यथार्थ हो । हुँदाखाँदाको सडक भत्काएर आयोजनाले निर्माणको काम पूरा गर्न सकेको छैन । तर यो भन्दैमा स्थानीय सरकार आफ्ना जनता हिड्डुल गर्ने सडकको न्यूनतम हेरचाह गर्न देखेको नदेख्यै गर्नु पनि उचित होइन । आफूसँग भएका टिप्पर, डोजरको प्रयोग गरेर खाल्टा पुर्दा स्थानीय सरकारलाई ठूलै बेरुजु बोक्नुपर्ने अवस्था पनि छैन । तर कहाँ खाल्टाखुल्टी परे भन्ने खबर नपाएको स्थानीय सरकारको भनाइ छ । ‘नियमले मिल्दैन तर जनताले दुःख पाएको जानकारी पाए मर्मत गर्ने काम गर्छौं’– घोराही उपमनपाका प्रमुख नरुलाल चौधरीले भन्नुभयो– ‘कुन स्थानमा कस्तो जोखिम छ । जनताले दुःख पाए भन्ने जानकारी पाए हामी मर्मत गर्छौं ।’

छलफलमै छौंः प्रजिअ

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यसअघि के भयो थाहा नभएको तर अब फोरलेन निर्माण कार्य अघि बढाउन छलफल थालिएको बताउनुभयो । ‘निर्माण व्यवसायी, स्थानीय सरोकारवाला तथा सम्बन्धित सबैसँग छलफलको प्रक्रिया अगाडि बढाएका छौं’– प्रजिअ रेग्मीले भन्नुभयो– ‘अबको एक÷दुई दिनभित्र परिणाम देखिने खालको निर्णय गरेर अगाडि बढ्छौं ।’ फोरलेन आयोजनाले पनि खाल्टा पुर्ने जिम्मेवारीबारे आलटाले कुरा गरेर टार्दै आएको छ । परियोजनाका प्रमुख पारस हमालले तुलसीपुर बजारदेखि हात्तीखोवाचोक र घोराहीको कटुवाखोलादेखि डिके पेट्रोल पम्पसम्म क्षेत्रको खाल्टा डिभिजन सडकले पुर्नुपर्ने बताउनुहुन्छ ।

ती बाहेक यो सडकखण्डको निर्माणको काम फोरलेनकै भएको हमालले बताउनुभयो । तर उहाँले दशै मनाउन गएका फोरलेन ठेकेदार र कामदार नफर्केकाले समस्या भएको बताउनुभयो । ‘फोरलेन सडक निर्माणको जिम्मा लिएको तथ्य इञ्जिनियरिङको मुख्य मान्छे छठपछि आफै आएर काम गर्ने भनेर जानुभएको हो । त्यसैले यतिबेला काम बन्द छ’– हमालले भन्नुभयो– ‘हामीले फ्लोअप गरिरहेका छौं । अब छिट्टै उहाँहरु आउने कुरा छ । उहाँहरु आएपछि तत्काल काम शुरु हुन्छ ।’

Facebook Comments