• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लवको मगर मुक्ति मोर्चा नेपाल दाङको भेला सम्पन्न ,अध्यक्षमा : सिबेन्द्र




घोराही, ५ मंसिर । नेत्र बिक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा नेपाल दाङ जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । मगर मुक्ति मोर्चा नेपाल दाङको आयोजना आइतबार घोराहीको झिंग्रौरा एक कार्यक्रमका बीच सो भेला सम्पन्न भएको हो ।


  1. भेलाले सिबेन्द्र पुनको अध्यक्षता १७ सदस्यीय कमिटी निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा गोबिन्द पुन, सचिब उज्ज्वल राना , सह- सचिबमा आनन्द जिएम लगायत निर्बाचित भएका हुन् ।

भेलामा बोल्दै मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज भिमप्रकाश पुनले विभिन्न कारणले दाङ मरको संगठन लामो समयपछि आज प्रथम जिल्ला भेल्ला गर्न सम्भाव भएको र यही मंसिर ८ गते म्यादीको बेनी राष्ट्रिय सम्मेलन हुन लागेको बताए । यो राज्य ब्यबस्थाले गर्दा मगरहरु भाषा हराउँदै गएको र भाषागत समस्याकै कारणले हरेक क्षेत्रमा मगरहरु पछाडी परेको पनि उनले प्रष्ट पारे । यो ब्यबस्था अझै पनि परिवर्तन नभएको तथा संसदीय ब्यबस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भएकाले अब यो संसदीय ब्यबस्था फाल्नका एक पटक फेरि मगरहरु जुरुक्क उठ्नुपर्ने उनको भनाइ थियोे ।

नेकपा दाङ जिल्लाका सेक्रेटरी प्रदीप वलीले पार्टी प्रतिबन्धपछि सबै जनबग्रीय संगठनहरु सक्रिय रुपमा अगाडि बढेको बताए । पार्टीले अहिले जनमत संग्रहको नारा लिएर अगाडि बडिरहेको हुनाले नेता कार्यकर्ता जनतामा फर्किएको उनले प्रष्ट पारे । यो दलाल राज्यले आरक्षण र कोटाको आधारमा मगर तथा जनजातिलाई पछाडी पारेको हुँदा त्यसका लागि मगरहरु संगठित हुन र सक्षम, सबल र जुझारु बन्न आबश्यक भएको उनले जिकिर गरे ।
नेता ओलीले यो संसदीय ब्यबस्था असफल सिद्ध भएको हुँदा अब त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र त्यसका लागि प्रगतिशील संयुक्त सरकार गठन गरि जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद ठिक , कि संसदीय ब्यबस्था ठिक भनेर ब्यबस्था छान्ने अधिकार जनतालाई दिनुपर्ने उदघोष गरे ।
मगरहरुले आफ्नो हक र अधिकार पाउनका लागि मगरहरु संगठित हुनुपर्ने र सक्षम र जुझारु भएमात्र आफ्ना मागहरु पूरा हुने भएकाले फेरि एक पटक मगरहरु यो दलाल राज्य ब्यबस्था विरुद्ध लड्न तयार हुनुपर्ने प्रष्टाए ।
यो दलाल संसदीय ब्यबस्थाले सजिलैसंग जनमत संग्रह नदिने भएकाले जनतालाई एकीकृत गरेर जनताको जनबलबाट जनमत संग्रहमा जानुपर्ने समेत वलीको भनाइ छ ।

राष्ट्रिय उद्योग वाणिज्य महासंघ दाङका अध्यक्ष भरत श्रेष्ठ, जनपत्रकार संगठन दाङ जिल्लाको उपाध्याय जंग रेउले, मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय सदस्य डिके रोका र युवा संगठन नेपालका केन्द्रीय सचिब तथा नेकपा घोराही नगर इन्चार्ज तिलक योगीले शुभकामना मन्तव्य राख्दै मगरलाई प्रयोग गरेर आफू स्वार्थ पूरा गर्ने तत्वदेखी मुक्त हुनुपर्ने र अब वैज्ञानिक समाजवादका लागि एक पटक मगरहरु गोलवद्द भएर अगाडि बढ्नुपर्ने बताए ।
सिबेन्द्र पुनको सभापतिको तथा नेकपा दाङका सेक्रेटरी प्रदीप वलीको विशेष उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
उज्ज्वल रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गोबिन्द पुनले गरेका थिए ।

Facebook Comments