• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुप्लुङ माविको नाममा ५० हजारको अक्षकोष




प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका ८ लुप्लुङ निवासी स्वर्गीय लोकी पोख्रेलको नाममा छोराहरुले बिद्यालको सहयोगार्थ रु ५० हजारको अक्षकोष स्थापना गर्ने भएका छन् । तेह्रौं दिनको पुन्य तीथिमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्रद्वारा संयुक्त रुपमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै निजका साइलो छोरा पदम प्रसाद पोख्रेलले उक्त अक्षकोषको घोषणा गरेका हुन् ।

शिक्षामा गरिएको लगानीले नै समृद्ध एवं स्वाधीन राष्ट्र निर्माणको बलियो आधार भएकोले लुप्लुङ माद्यामिक बिद्यालयको उक्त अक्षकोष खडा गरिएको उनले बताएका छन् । मृतकको नाममा अनावश्यक रुपमा गरिने दानपुन्य भन्दा सामाजिक क्षेत्रमा गरिने लगानीले नै मृतकको उच्च सम्मान हुने भएकोले सो अक्षकोषको स्थापना गरिएको उनले बताए । सामाजिक सांस्कृतिक रुपान्तरणमा अत्यन्तै चासो चिन्तनको साथ नेतृत्वदायी ढंगले होमिने लोकी पोख्रेलको गत कार्तिक २१ गते हृदयघातका कारण ६३ बर्षको उमेरमा असहमायिक निधन भएको थियो । मृतक लोकी पोख्रेलको नाममा छोराहरु दामोदर पोख्रेल, डेमलाल पोख्रेल, पदम प्रसाद पोख्रेल र शोभाराम पोख्रेल तथा बुहारीहरु बिमला पोख्रेल, पुतला पोख्रेल,पार्वती न्यौपाने र सावित्रा सुवेदीको संयुक्त रुपमा सो रकम बिद्यालयलाई उपलब्ध गराउने भएका हुन् भने त्यसबाट प्राप्त हुने बार्षिक ब्याज रकमको सो बिद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार तथा अनुशासित बिद्यार्थीहरुलाई पुरस्कृत गरिने भएको छ । मृतक लोकी पोख्रेलको श्रीमान खिमलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज जागृति रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जागृतले राजनीतिक क्रान्ति भन्दा सांस्कृतिक क्रान्ति अज जटिल हुने भएकोले यो जटिलता चिर्न पदम पोख्रेल सफल भएकोमा धन्यवाद ज्ञापन गरे । चिनमा माओले १९४९ को क्रान्तिपछि १० बर्ष कठोर सांस्कृतिक सङघर्ष गर्नुपरेको स्मरण गराउँदै अन्धविश्वास र रुढीबादी संस्कारमा नेपाली समाज नराम्ररी जाकिएकोले यसलाई माक्र्सवादी सुसंस्कृतिकरण गर्न पनि आफुहरु एकीकृत जनक्रान्ति मार्फत निरन्तर क्रान्तिको मार्गमा रहेको बताए । स्मरण रहोस् नेकपाका युवा नेता समेत रहेका पदम पोख्रेलले बुर्जुवा समाजमा बिद्यमान अन्धविश्वास र कुरितिको विरुद्ध किरिया बसेका छैनन् ।कार्यक्रममा नौबहिनी गाउँपालिकाका उपाध्यक्ष तथा पालिका अध्यक्ष सचिन,सचिव भरत केसी, ८ नं।वडाध्यक्ष ओविराम विक, अन्य विभिन्न राजनैतिक प्रतिनिधि पत्रकार, मृतक परिवारका आफन्तजन, स्थानीय लगायतको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली कार्यक्रमको संचालन दलित मुक्ति मोर्चाको नौबहिनी गाउँपालिका प्रमुख केशब विकले गरेका थिए ।

हिन्दु संस्कार अनुसार गरिएन काजकिरिया

मृतक लोकी पोख्रेलका ४ भाई छोराहरु मध्य पदम प्रसाद पोख्रृेलले हिन्दु संस्कार अनुसार काजकिरियामा सहभागी भएनन् । उनले आफु कम्युनिस्ट पार्टीको असल भौतिकवादी बिद्यार्थी हुनुको नाताले जिवित आत्माको सम्मान र सहयोग नै साँचो मानवीय कार्य भएकोले मृत्यु पश्चात गरिने कठोर काजकिरिया बुर्जुवा चेतनाको उपज हो भन्ने जिकिर गर्दै आफु किरिया नबसेको बताएका छन् । उनले आफु कुनैपनि धर्ममा आस्था नराख्ने भएकोले मृत्यु पश्चातको स्वर्ग वा नर्गको कहानी सबै पुरातनवादी हो(हल्ला मात्रै भएको बताए । हरेक सचेत युवाहरुले अग्रगामी सामाजिक एवं राजनीतिक रुपान्तरणको झण्डा बोक्न अनिवार्य भएकोले असल माक्र्सवादीहरु यस्तोखाले काजकिरियामा सहभागी नहुन आग्रह पनि गरे । आफुले गरेको यो निर्णय समाजमा कायम रहेको अन्धविश्वास र कुरितिको विरुद्ध एउटा सांस्कृतिक क्रान्तिनै भएकोले अग्रगामी सामाजिक सांस्कृतिक रुपान्तरणको दिशामा कोसेढुङगा साबित हुने बताए ।

Facebook Comments