• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङले विभिन्न कार्यक्रम गर्दै मंसिर ८ गते पार्टीको पुनर्गठन दिवस भब्य रुपले मनाउने




घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालयको बिस्तारित बैठक घोराही उपमहानगरको पार्टी कार्यालयमा शनिबार सम्पन भएको छ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले अहिले प्रचण्डहरुले एकताको भ्रामक हल्ला फिजेर जनतालाइ भ्रमित पारेको बताउनुभयो। नेता शितलले भन्नुभयो,”माओवादी केन्द्रले गरेको एकताको कुरा अनैतिक,अराजक र बकम्फुसे कुरा हो”। आफुहरु सबै कम्युनिस्ट,क्रान्तिकारी,प्रगतिशील र सच्चा लोकतान्त्रिक शक्तिहरु संग एकता गरि बृहत कम्युनिस्ट एकताको पक्षमा रहेको तर संसदीय व्यवस्था कुनैपनी हालतमा स्विकार गर्न तयार नहुने नेता शितलको जिकिर थियो। उहाले भन्नुभयो,” अब हुने संसदीय चुनावमा माओवादी केन्द्र देशभर चुनाबी माहोलमा टाट पल्टिने अवस्था देखेपछी एकताको अनावश्यक हल्ला फिजेको छ,कोहिपनी भ्रममा पर्नुहुदैन”।नेता शितलले आफुहरु एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने अभियानमा रहेको र यो यात्रामा समाहित हुने,एकता गर्न चाहाने सबै शक्तीसंग सहकार्य गर्ने बताउनुभयो।
बिस्तारित बैठकमा पार्टी जिल्ला कार्यालयका सदस्यहरु,पालिकाका इन्चार्जहरु,जनबर्गिय संगठनका जिल्लामा उपस्थित केन्द्रिय सदस्यहरु र जनबर्गिय संगठनका जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो।?

बैठकले मंसिर ८ गते पार्टीको पुनर्गठन दिबस भव्य रुपले मनाउने निर्णय गरेको छ। पार्टी पुनर्गठन दिबसको सन्दर्भमा पार्टी केन्द्रिय कार्यालयको निर्देशन अनुरुप सार्वजनिक तीन दिने कार्यक्रमहरुलाई भव्य ढंगले सम्पन्न गरि पार्टी पुनर्गठन दिबसलाई उत्सवका रुपमा मनाउने नेकपाले जनाएको छ।
पार्टी पुनर्गठन दिवसको तीनदिने कार्यक्रम अन्तर्गत नेकपा दाङले मङ्सिर ६ गते जिल्लाको घोराहीमा बृहत मोटरसाइकल र्याली गर्ने,मङ्सिर ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप (कविता, लोकगीत, वक्तृत्वकला,ब्याडमिन्टन प्रतियोगिता कार्यक्रमहरू गर्ने, मङ्सिर ८ गते प्रत्येक पालिकामा बिहान झन्डा, ब्यानर टाँग्ने, अबिर जात्रा गर्ने, चियापान र युवा मार्च गर्ने, ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्ने र उपहार आदानप्रदान गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको जनाइएको छ।
नेकपाका केन्द्रिय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा भएको बैठकमा नेकपा बिशेष कमिटी सदस्य बिक्रम,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीको आतिथ्य रहेको थियो भने बैठकको संचालन नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गर्नुभएको थियो।

 

Facebook Comments