• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यी हुन् दाङ हाँक्ने माओवादी केन्द्रका वडा अध्यक्ष(सबै वडा अध्यक्षको नामसहित)




नेकपा माओवादी केन्द्रले देशभरि वडा सम्मेलन गरेको छ । केही ठाउँमा बिशेष कारण स्थगित भए पनि अधिकांश वडामा सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट दाङमा ९७ जना वडा अध्यक्ष चुनिएका छन् । माओवादीले पहिलोपटक निर्वाचन प्रणालीबाट मतदाता नामावली र मनोनय दर्तासहित सम्मेलन गरेको भए पनि सबै वडामा निर्विरोध नेतृत्व चयन भएको छ ।

दाङका तीन वडामा बिशेष कारण सम्मेलन गर्न नसकिएको भए पनि ९७ वडामा नेतृत्व चयन गरिएको सम्बन्धित वडाका निर्वाचन समितिहरुले जनाएका छन् । वडा नेतृत्व चयन गर्न माओवादीको केन्द्रीय निर्वाचन आयोगले हरेक वडामा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।

दाङमा ९७ जनामध्ये दुई जना महिला अध्यक्ष घोराही २ मा लेखा अधिकारी र राप्ती ८ मा अञ्जु कार्की निर्वाचित हुनुभएको छ भने कार्य समितिमा भने ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित आएका छन् । नेपालमा यसरी कुनै राजनीतिक दलले यति धेरै प्रतिशत समावेशी सिद्धान्तका आधारमा नेतृत्व चयन गरेको पहिलोपटक हो ।

संविधानले ३३ प्रतिशत महिला सहभागिता र १३ प्रतिशत दलित सहभागिताको ब्यवस्था गरेको भए पनि समावेशी सिद्धान्तको परिकल्पनाकार भएकाले आफ्नो पार्टीले थप दुई प्रतिशत बढी समावेशी बनाएको सो पार्टीले जनाएको छ ।

दाङका विभिन्न वडामा केन्द्रीय नेताहरु जगप्रसाद शर्मा ‘अपार’ रेखा शर्मा, निर्मल आचार्य, हेमराज शर्मा ‘डायमण्ड’ इन्द्रजीत थारु, दामा शर्मा, नारायणी शर्मालगायत प्रदेश नेताहरु लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमबहादुर बुढा मगर, लुमबहादुर कार्की, रामबहादुर दहित, हरिमान पुन, भीमबहादुर ओली, तुलसी डाँगीलगायत पुग्नुभएको थियो । त्यस्तै वडाहरुमा सबै जिल्ला नेताहरु पुग्नुभएका थिए ।

यस्तो छ दाङमा माओवादी केन्द्रका वडा अध्यक्षहरुको सूचिः

बबई गाउँपालिका
१–गम्मरचन रोका
२– कृष्णबहादुर खत्री
३– बालीराम ओली
४– बिष्णु बिक
५– टेकबहादुर खत्री
६– रमेश चौधरी
७ – सम्मेलन हुन बाँकी (१० गते हुने)
शान्तिनगर गाउँपालिका
१– लुद्रबहादुर केसी
२– मानबहादुर खड्का
३– स्थगित (मंसिर ५ गते हुने)
४– भीम रेउले
५– शिव चौधरी
६– तेजबहादुर केसी
७– हेमन्त शर्मा

दंगीशरण गाउँपालिका
१– बिजय बिष्ट
२– दिलबहादुर परियार
३– टोपाराम चौधरी
४– ठाकुर चौधरी
५– मोहलाल गिरी
६– भरथरु चौधरी
७– तुलसीराम चौधरी

तुलसीपुर उपमहानगरपालिका
१– डिल्लुप्रसाद न्यौपाने
२– कालीचरण चौधरी
३– प्रेमप्रकाश मल्ल
४– रणवीर सिंह घर्ती
५– बेदप्रसाद ओली
६– वीरेन्द्र बुढा मगर
७– डम्मर थापा
८– जीवन केसी
९– मदन हमाल
१०– शम्भु पौडेल
११– गोपाल मल्ल
१२– ज्ञानबहादुर बस्नेत
१३– देवबहादुर बिक
१४– लेखत पौडेल
१५– देबहादुर बस्नेत
१६– कमल नेपाली
१७– हरि पौडेल
१८– लोकबहादुर बहकरी
१९– दुर्गाबहादुर बिक


घोराही उपमहानगरपालिका

१– भीमसेन बुढा
२– लेखा अधिकारी
३– सुमन रोका
४– गुरुप्रसाद न्यौपाने
५– नोमबहादुर केसी
६– खलुप्रसाद पुन
७– चिजबहादुर चौधरी
८– पितालम्बर ओली
९– माघुराम चौधरी
१०– बुद्धिराम चौधरी
११– पूर्णचन्द्र बिक
१२– पूर्णबहादुर बुढा
१३– रिमबहादुर नेपाली
१४– कृतिमान पुन
१५– बामदेव रिजाल
१६– देउमन दमाई
१७– पदमबहादुर केसी
१८– सुरश बुढा
१९– खड्कबहादुर घर्ती


बंगलाचुली गाउँपालिका

१– जीतबहादुर घर्ती
२– मेघराज घर्ती
३– लोकबहादुर खत्री
४– लालबहादुर परियार
५– गोपीराम थापा
६– नारायण ओली
७– खिमबहादुर बैजाली
८– डम्बरबहादुर खत्री

लमही नगरपालिका
१– बिष्णुप्रसाद शर्मा
२– जगनारायण चौधरी
३– लोकमणि बञ्जाडे
४– रमेश सुनार
५– चित्रबहादुर केसी
६– कृष्णप्रसाद घिमिरे
७– ध्रुवकुमार चौधरी
८– जोगराज चौधरी
९– मानसि.ह ओली

गढवा गाउँपालिका
१– राजकुमार थापा
२– सन्तोष यादव
३– आशाराम चौधरी
४– अतिउल्ला मनिहार
५– शंकरदेव चौधरी
६– महेश अधिकारी
७– रामभरोस चौधरी
८– चन्द्र बिक

राजपुर गाउँपालिका
१– श्यामलाल ओली
२– तुलसीराम भण्डारी
३– राजबहादुर यादव
४– परशुराम यादव
५– अम्मरबहादुर बोहरा
६– नेत्रबहादुर केसी
७– टेकबहादुर राना

राप्ती गाउँपालिका
१–तपराज आचार्य
२– लालबहादुर चौधरी
३– आनन्द परियार
४– बिष्णुप्रसाद पोख्रेल
५– गरेबु चौधरी
६– बिर्खबहादुर महरा
७– स्थानीय मेलाका कारण स्थगित
८– अञ्ज कार्की
९– कृष्णबहादुर घर्ती

Facebook Comments