घोराही, ४ मंसिर । भिएन स्कूल तथा कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले आफ्नो स्कूलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई शनिबार घोराहीमा एक कार्यक्रमका बीच स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै भिएनका प्राध्यानाध्यापक रामजनम चौधरीले भिएन स्कुल तथा कलेज दाङमा सबभन्दा पुरानो विद्यालय भएको र यसको स्थापना २०४७ सालमा भएको बताए । विद्यालयमा मन्टेश्वरी देखि डिग्रीसम्म अध्ययन गर्न सकिने तथा विद्यालयमा गुणस्तरीय पढाइका लागि योग्य प्राध्यापकहरु प्रयाप्त रुपमा भएको समेत उनले प्रष्ट पारे ।
कोट र सुट लगाएरमात्र विद्यार्थी नहुने र त्यसका लागि सकारात्मक सोच, क्षमता, अनुशासन लगाएतका विशेषता हुनुपर्ने उनको भनाइ छ ।
प्रअ चौधरीले विद्यार्थी हुनुपर्ने विशेषता, समस्या र समाधानका उपायका बारेमा प्रोजेक्ट माध्यमबाट देखाउदै समय ब्यबस्थापन नै महत्त्वपूर्ण हुने जिकिर गरे । विद्यार्थीहरुले विद्यालय तथा कलेजमा आउँदा कलेजका नियम पालना गरेर आउनुपर्ने र यदि नियम पालना नगेरको पाइएमा कलेजभित्र प्रवेश गर्न रोक लगाइने पनि उनले बताए ।
त्यस्तै स्कूलका एकेडेमीक कोर्डिनेटर गोविन्द डिसीले विद्यार्थीमा प्रविधि चाहिन्छ तर त्यसको प्रयोग कस्तो भईरहेको भन्ने कुरा महत्त्वपूर्ण हुने बताए । हामीमा समस्या आयो भने बाहिर समाधान खोज्न जाने चलन रहेको छ, तर हरेक समस्यासंगै समाधान हुने कुरा समेत उनले प्रष्ट पारे ।
कार्यक्रम बोल्दै विद्यालयका निर्देशक द्रोण खड्काले उहीँ संस्था तथा विद्यालयलाई फरक सोच, योजना र लक्ष्य तथा अनरुप नयाँ टिमले अगाडि बढेको बताए । अबको ५ वर्ष मै दाङमा एक नमूना विद्यालय बनाउने अठोटका साथ नयाँ टिमले नयाँ ब्यबस्थापनका साथ विद्यालय संचालन ल्याएको कुरा उनले प्रष्ट पारे । विद्यालयामा विद्यार्थीका लागि थप सहज होस् भनी प्रत्येक विषयका दुई जना शिक्षकहरुको ब्यबस्था गरिएको समेत उनको भनाइ छ ।
निर्देशक खड्काले पछिल्लो चरणमा ब्यबस्थापन संकायको चौतर्फी स्कोप भएको हुनाले शिक्षा संकायमा एकदमै कम विद्यार्थी भर्ना हुने गरेको भएतापनि अबको दिनमा शिक्षा स्कोप झनै महत्त्वपूर्ण रहेको तथा विद्यालयलाई राम्रो बनाउनका लागि सबैभन्दा बढी विद्यार्थीको भूमिका रहने पनि उनले जिकिर गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका योग गुरु रबिन्द्र बस्नेतले भिएन कलेज फेरि नयाँं ढंगले अगाडि बढेको बताए । प्राइभेट सेक्टरमा मास्टर पढाउने भिएन पहिलो भएको र
कुनै ब्यक्ति अगाडि बढ्नलाई सीप, ज्ञान,क्षमता र मेहनत उत्तिकै महत्त्वपूर्ण रहने उनको भनाइ छ ।
हरेक विद्यार्थीमा ज्ञान र सीपसंगै समाजका हरेका कुरालाई बुझ्न् र सिकाउन सक्नुपर्ने तथा हरेक काममा निर्णायक भूमिका निर्बाह गर्नुपर्ने उनले भने । जीवनमा दुख्न, संघर्ष र मेहनत गरेमात्र मूल्यावान बन्न सकिन्छ ।
योग गुरु बस्नेतले पढाईको सर्टिफिकेट मात्र भएर पुग्दैन त्योसंग सीप, ज्ञान र क्षमता हुनुपर्ने र ब्यक्ति सफल बन्नलाई म को हो भनेर फर्केर हेर्नुपर्ने समेत प्रष्ट पारे ।
नमस्कार गर्ने तरिका नजान्ने ब्यक्ति जीवन सफल बन्न नसक्ने र पछिल्लो चरणमा नेपालीहरुले आफ्नो सस्कार र संस्कृतिलाई भुल्दै गएको पनि उनले बताए ।
कार्यक्रममा विद्यालयले विद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गरेको थियो ।
विद्यालयका निर्देशक द्रोण खड्काको अध्यक्षता एवं योग गुरु रबिन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
विद्यालयका सह-प्रध्यानाध्यापक सारदा खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षिका लक्ष्मी केसीले गरेकी थिइन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।