• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा माओवादी केन्द्रका सदस्य झण्डै बीस हजारः महिला छ हजार, दलित झण्डै तीन हजार




नेकपा माओवादी केन्द्रले दाङमा सदस्य संख्या झण्डै बीस हजार पुर्याएको छ ।

वडा सम्मेलनको अघिल्लो दिन पार्टी सदस्यता नवीकरणको अनलाइन दर्ता प्रक्रिया रोकिएसँगै यो संख्या एकिन भएको हो । कूल सदस्य संख्या १९ हजार छ सय ७३ कायम भएको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ले जानकारी दिनुभयो ।

यसअघि नेकपा एमाले र माओवादी एक हुँदा तत्कालीन नेकपाले ४० हजार पार्टी सदस्यको सूचि केन्द्रमा पठाएको थियो । पार्टी विभाजनपछि एमालेले १३ हजार तीन सय ५४ पार्टी सदस्य संख्या कायम गरेको छ भने माओवादी केन्द्रले १९ हजार छ सय ७३ संख्या कायम गरेको छ ।

माओवादीका सबैभन्दा बढी घोराही उपमहानगरपालिकाका ४१८५ जना सदस्यको नाम अनलाइनमा दर्ता गरिएको छ भने दोस्रोमा तुलसीपुरमा तीन हजार सात सय ९० सदस्य छन् । त्यस्तै बबईमा ८७६, शान्तिनगरमा एक हजार एक सय ८९, दंगीशरणमा ६९२ र बंगलाचुलीमा एक हजार चार सय ५६ पार्टी सदस्य कायम भएको सो पार्टीले जनाएको छ ।

यसपटक माओवादी केन्द्रमा देउखुरीमा बढी आकर्षण देखिएको छ । लमहीमा दुई हजार एक सय तीन जनाले सदस्यता नवीकरण गराएका छन् । राप्तीमा एक हजार सात सय ७३ जनाले सदस्यता नवीकरण गराएका छन् भने गढवामा दुई हजार दुई ८६ जनाले सदस्यता नवीकरण गराएका छन् । राजपुरमा एक हजार तीन सय १३ जनाले सदस्यता नवीकरण गराएका छन् ।

जसमा पुरुष झण्डै १४ हजार र महिला झण्डै छ हजार रहेका छन् । दलित सहभागिता झण्डै दुई हजार पाँच सय देखिएको छ ।

समावेशिताका हिसाबले झण्डै तीस प्रतिशत महिला सदस्य देखिएका छन् भने दलित सहभागिता झण्डै १३ प्रतिशत देखिएको छ ।

Facebook Comments