• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिरामी सिता दाहाललाई भेट्न रामदेव खुमलटारमा




ध्यान र योगको क्षेत्रमा दक्षिण एशियालाई विश्वमै चिनाउन सफल रामदेव नेपाल भ्रमणमा रहनुभएको छ । उहाँले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेर विरामी अवस्थामा रहनुभएका प्रचण्डपत्नी सिता दाहालको अवस्था अध्ययन गर्नुभएको छ ।

‘नेपाल भ्रमणमा रहनु भएका योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले अहिले खुमलटारमा अध्यक्ष कमरेड प्रचण्डसङग भेट गर्नु भएको छ’– प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भन्नुभयो– ‘उहाँ दुबैजनाले आमा सीता दाहालको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै स्वास्थलाभको कामना गर्नु भएको छ ।’

लामो समयदेखि दीर्घरोगबाट थलिएकी दाहाललाई प्राकृतिक चिकित्सा र योगको माध्यमबाट उपचार गर्न सकिन्छ कि भन्ने बिषयमा रामदेवले चासो राख्नुभएको थियो ।

Facebook Comments