• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यू १९ लुम्बिनी प्रदेश क्रिकेट छनौट प्रतियोगितामा दाङको लगातर दोस्रो सहज जीत




वाईवाई यु -१९ लुम्बिनी प्रदेश क्रिकेट छनौट प्रतियोगितामा पाल्पा बिरुद्द ४८ रनको जीत प्राप्त गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत प्राप्त गरेको छ ।

टस जीती पहिला ब्याटिंग रोजेको दाङले निर्धारित ४० ओभरको खेलमा ३९.१ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा १५० रनको योगफल तयार पारेको थियो।

दाङका लागी आशीष वलीले सर्वाधिक ३४, तुल बहादुर थापा २७,बिराट सिंह भण्डारी २५, सन्देश कुमार पाण्डे १४ र कमल वली ले ११ रन को योगदान दिएका थिए उता बलिंग तर्फ़ पाल्पाका लागी सागर थापा क्षेत्री र अभिषेक पाण्डेले समान ३/३ विकेट, आशीष बराल २, नरेश नेपाली र मेंहुल श्रेष्ठले समान १/१ विकेट हात परेका थिए।

१५१ रनको विजयी लक्ष्य लिएर मैदान ओर्लीएको पाल्पा ३४.३ ओभरमा सबै विकेट गुमाएर जम्मा १०२ रन मात्र बनाऊन सफल भएको थियो। पाल्पाका लागी मेहुल श्रेष्ठले ३३, नरेश नेपाली २०, अभिषेक पाण्डेको १० रन बाहेक अरु कुनै ब्याटर हरु ले दोहोरो अंक छुन सकेनन बलिंग तर्फ दाङका लागी तिब्र गतिका बलर कमल वलीले उत्कृष्ट बलिंग गर्दै ८ ओभरमा ३ मेड़न राखी १० रन दिएर ३ विकेट तथा करण घर्ती मगरले ६.३ ओभरमा १ मेड़न राखी २५ रन दिएर ३ विकेट लिएका थिए।

त्यसैगरी बिर बहादुर घर्ती र तुल बहादुर थापा ले समान १/१ विकेट बाड़ेका थिए भने पाल्पाका दुई ब्याटर हरु रन आउट भएका थिए। खेलका म्यान अफ द म्याच कमल वली भएका थिए। दाङले समूह चरण को अंतिम खेल भोली बाँकेसंग खेल्ने दाङ जिल्ला का टिम ब्यबस्थापक बालकृष्ण खत्री जानकारी दिनु भयो ।

Facebook Comments