• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा पूर्वजनमुक्ति सेना संघ गठन, संयोजकमा पूर्व डिभिजन भिसी बरुण




दाङमा पूर्वजनमुक्ति सेना संघ जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

आज भएको जिल्ला भेलाबाट पूर्वजनमुक्ति सेनाका डिभिजन सहायक कमाण्डर हरिमान पुन ‘बरुण’ को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
पूर्व डिभिजन सहकायक कमाण्डर बरुण, पूर्व ब्रिगेड सहायक कमाण्डरहरु तुलसी डाँगी ‘मिलन’ र निर्मल महरा ‘एटम’को संयोजनमा भएको भेलामा १३६ जना पूर्वजनमुक्ति सेनाको सहभागिता रहेको थियो ।

जिल्लाका दशवटै पालिकालाई समेट्ने गरी तदर्थ समिति गठन गरिएको सो संघले जनाएको छ ।

बरुणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले नेपालमा गणतन्त्रक ल्याउने प्रमुख हिस्सेदार शक्ति नै जनमुक्ति सेना भएकाले पूर्वजनमुक्ति सेनाहरु इतिहासको गौरवाशाली सम्पत्ति भएको बताउनुभयो । अब पनि समाजवादी क्रान्तिकारी लागि पूर्व जनमुक्ति सेनाहरुको योगदान जरुरी रहेको भन्दै उहाँले उनीहरुलाई नयाँ ढंगबाट संगठित गरेर जानु आवश्यक रहेको बताउनुभयो ।

बिशिष्ट अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले अब समाजवादी क्रान्तिको कार्यदिशा ठोस हुँदै गएकाले यसमा पूर्वजनमुक्ति सेनाले पनि पुनः योगदान दिनुपर्ने समय आएको बताउनुभयो । इतिहासको गौरव र भविष्यको सपनाबीच तालमेल जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

भेलाले स्थानीयस्तरमा संगठनसँगै उत्पादन समूहहरु बनाएर जनमुक्ति सेनाहरुलाई संगठित उत्पादन जोड्ने नीति पारित गरेको छ । जनमुक्ति सेनाको इतिहासको पहिचान र सम्मानका लागि पनि आवश्यक काम गर्ने नीति पारित गरिएको छ । पूर्व ब्रिगेड कमाण्डर डाँगीले सांगठनिक तथा नीतिगत प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

जनमुक्ति सेनाका पूर्व बिग्रेड भिसी दीपेन्द्र घर्ती र निर्मल महराले स्वागत गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक तुलसीराम पुन सुवास, घोराही इञ्चार्ज भीमकुमारी बाँठालगायतको उपस्थिति रहेको थियो ।

शान्ति प्रक्रियापछि दाङमा दुई हजार एक सय पूर्वजनमुक्ति सेना रहे पनि हाल एक हजार छ सय पूर्वजनमुक्ति सेना रहँदै आएका छन् । त्यसमा झण्डै चार सय बिदेश छन् भने तीन सय जति बिभिन्न ब्यापारमा जोडिएका छन् । बाँकी कृषि र सामान्य ब्यवसाय तथा केही राजनीतिमा सक्रिय रहेको पूर्वकमाण्डर डाँगीले बताउनुभयो ।

Facebook Comments