हिमाल महरा
कार्तिक, २ घोराही । किट्ली टि टाउनले आफनो स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम गरेको छ ।
घोराही उपमहानगरपालिका नेत्रलाल चोकमा रहेको टि टाउनले आफ्नो दोस्रो वार्षिकोत्सवको अबसरमा बिहिवार रक्तदान कार्यक्रम गरेको हो ।
नेत्रलाल चोक घोराहीमा संचालन गर्दै आएको किट्ली टि टाउनमा करिव ५० प्रकार चियाहरु पाउइन्छ । टाउनको दोस्रो वार्षिकोत्सब तथा तेस्रो वर्ष प्रवेश गरेको अवसरमा २८ जनाले रक्तदानले रक्तदान गरेका थिए । जसमा हिमानी डि.सी., सुरेन्द्र विष्ट, हिमाल महरा, मुना खनाल प्रेम गुरुङ, लिला बहादुर बि.एम. निरज गिरी, सुदिप गुरुङ सनम के.सी. पुरन सोती मगर सुजन चौधरी, नविन वली, विक्रम पुन, समिर के.सी., रमेश दसुदी मिरा के.सी. निर्मला गिरी, अमिता गिरी, आनन्द चौधरी, पुरन चौधरी, अजय रावत, आन्नद खत्री, विक्रम पौडेल, सुरज डांगी, तेज पौडेल, कृष्ण ब. बि.एम.विरेन्द्र चौधरी लगायतले रक्तदान गर्नु भएको थियो । रक्तदान नै जिवन दान हो र रगतको अवाभ नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिको संचालिका हिमानी डिसीले बताउनु भयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

