हिमाल महरा
दाङ, २ मंसिर । बंगलचुलीमा सडक मर्मतको क्रममा आज बिहानै जेसीबी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा सडक मर्मतको क्रममा जेसिबि दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षिय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।
पर्यटकियस्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको हो ।
दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षिय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर जानकारी दिनुभयो ।
घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भसिएर जेसिबि दुर्घटनामा परेको हुन सक्ने उहाँले बताउनुभयो ।
आज हुने भनियको बंगलाचुली गाउँपालिकाकाे प्रगति समिक्षा कार्यक्रममा स्थगित भयको अध्यक्ष ओलिले जानकारी दिनु भयको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।