• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा रचनात्मक काम गर्दै नेपाल बन्द सफल




घोराही,३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी दाङले नेपाल बन्दको समयमा रचनात्मक काम गर्दै बन्द सफल पारेको गरेको छ । पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध केन्द्रीय कार्यक्रम अनुसार मंगलबार गरेको नेपाल बन्दको समयमा दाङको मुख्य शहर तुलसीपुरमा सडक सफाई तथा जेब्रा क्रसिङमा पेन्ट लगाएर बन्द सफल पारेको हो ।
घोराहीमा कोणसभालाई सम्बोधन गर्दै अखिल( क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज दीपक बिष्टले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध गरिएको नेपाल बन्द शानदार र शान्तिपूर्ण ढंगले सफल भएको बताए । बन्दलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण दाङबासी, उद्योगी, ब्यापारी, ब्यबसाय, पत्रकार, सुरक्षाकर्मी लागएतलाई उनले धन्यवाद व्यक्त गरे । आयल निगमले बिगत आठ महिना यता १० पटकसम्म पेट्रोल, डिजेल र मट्टीतेल तथा खाना पकाउने एल्पी ग्यासमा मूल्यवृद्धि गरि जनतालाई दु:ख दिएको हुँदा यो दलाल सरकारले त्यसको मूल्य घटाएन भने पार्टीले थप सशक्त संघर्षका कार्यक्रम लिएर अगाडि बढ्ने उनले प्रष्ट पारे । दुई तिहाइ सरकार आएदेखि नै नेपाली जनताले सास्ती खेप्दै आएको र यो भ्रष्ट संसदीय ब्यबस्थाबाट आर्थिक तथा राजनीति निकास नहुने समेत विष्टको भनाइ छ । यो संसदीय ब्यबस्थाबाट कुनै पनि निकास नहुने भएकाले त्यसको विकल्प बैज्ञानिक समाजवादी ब्यबस्था ल्याउनुपर्ने र त्यसका लागि संसदीय ब्यबस्था ठिक कि बैज्ञानिक समाजवाद ठिक भन्नेमा जनमत संग्रह गर्नुपर्ने पनि उनले बताए ।

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङका कार्यालय सदस्य निर्मल केसीले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार आजको नेपाल बन्द सफलतापूर्वक सम्पन्न भएको बताए । उनले बन्दलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद प्रकट गरे । जनताको ढाडसेक्ने गरि सरकारले बढाएको महंगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको शान्तिपूर्ण नेपाल बन्दमा खटिएका ११ जना नेताकार्यकर्ताहरुलाई भालुवाङको प्रहरीले गृहफ्तार गरेको हुँदा तत्काल रिहाई गर्नपर्ने केसीको भनाइ छ । यो संसदीय ब्यबस्थाबाट असफल सिद्द भइसकेको हुँदा अब त्यसको विकल्पमा वैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गर्नुपर्ने र त्यसका लागि जनमत संग्रह मार्फत ब्यबस्था चुन्न जनतालाई दिनुपर्ने पनि उनले जोड दिए । ब्यबस्थाको चुनाब भए जनताले वैज्ञानिक समाजवादलाई नै जिताउने तथा समाजवादले जित्ने निश्चित भएको उनले जिकिर गरे ।

नेपाल बन्दमा दाङको तुलसीपुरमा सडक सफाई र जेब्रा क्रसिङमा पेन्ट लगाएर पार्टीले रचनात्मक काम गरेको छ । बन्दको समयमा पनि राम्रा कामहरु गर्न सकिन्छ भन्ने उदाहरण दिएको नेकपा दाङले जानकारी दिएको हो ।

कोणसभाको सहजीकरण युवा संगठन, नेपालका केन्द्रीय सदस्य मनोजले गरेका थिए ।

Facebook Comments