• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा प्रेस सेन्टरको पहिलो पालिका शाखा तुलसीपुर, अध्यक्षमा बस्नेत




प्रेस सेन्टर नेपाल दाङ, तुलसीपुर उपमहानगर शाखाको अध्यक्षमा दामोदर बस्नेत ‘राकेश’ चयन हुनुभएको छ । शाखाको पहिलो भेलाबाट बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा दीपक बोहरा, सचिव विकास डाँगी, सहसचिव सुमन केसी र कोषाध्यक्षमा भागवत भट्टराई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजेश ओली ‘रुद्र’, मदन बिक ‘मुस्कान’,देबराज कँडेल, झरना केसी, बिशाल परियार, गोपाल गिरी र इश्वर बिसी रहनुभएको छ । एक सदस्य पछि थप्ने गरी खाली राखिएको छ ।

प्रेस सेन्टरले नयाँ बिधानअनुसार पालिकामा शाखा, उपशाखा र तदर्थ शाखा गठन गर्ने क्रममा तुलसीपुरमा शाखा गठन गरेको जनाएको छ । लुम्बिनी प्रदेशमा गठन गरिएको यो सेन्टरको पहिलो पालिका शाखा हो ।

भेला उद्घाटन गर्दै सेन्टरका संस्थापक केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक समिति सदस्य अदयदीप शर्माले संविधानको रक्षा, कार्यान्वायन र विकासमा पत्रकारहरु एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका तुलसीपुर उपमहानगर इञ्चार्ज रामबादुर दहित, अध्यक्ष खुशीराम चौधरी, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शेषुराम भण्डारी, प्रेस सेन्टरका महाधिवेशन आयोजक समिति सदस्यहरु नरेन्द्र केसी, पुरन शर्मा, प्रकाश चौधरी र भुपेन्द्र ओलीले शुभकामना दिनुभएको थियो ।

त्यस्तै भेलालाई नेकपा माओवादी केन्द्र प्रदेश निर्वाचन समितिका संयोजक रामशरण चौधरी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली, तुलसीपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, प्रेस यूनियन दाङका निवर्तमान अध्यक्ष सुशील बस्नेत, प्रेस चौतारी दाङका सचिव प्रेमबहादुर राम्जा, चलचित्र पत्रकार संघका अध्यक्ष शिव पुन, जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्तप्रकाश ओली, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली ‘माइकल’ र माओवादी केन्द्र तुलसीपुर ५ का अध्यक्ष वेदप्रकाश ओलीले शुभकामना दिनुभएको थियो ।

भेला आयोजक समिति संयोजक दामोदर बस्नेत ‘राकेश’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दीपक बोहराले गर्नुभएको थियो भने सेन्टर दाङका उपाध्यक्ष अनिता पोख्रेलले स्वागत गर्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिलाई शिक्षक नेता पूर्ण पुन र विद्यार्थी नेता विन्दु खड्काले बधाई दिनुभएको थियो ।

Facebook Comments