घोराही, ३० । नेत्र बिक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभरी देखिएको छ ।
पार्टीले पेट्रोलियम पदार्थको मूलवृद्धिको विरुद्ध गरेको नेपाल बन्दको पूर्ण प्रभाव दाङका मुख्य शहर घोराही, तुलसीपुर,लमही, भालुवाङ लगायतका ठाँउहरुमा देखिएको हो ।
दाङमा आज बिहानैदेखि छोटो तथा लामो सवारीका साधनका गाडीहरु चल्न सकेका छैनन् भने बजार क्षेत्र सुनसान रहेको छ ।
बन्दमा अत्यावश्यक धुवानीका गाडी, बिरामी बोक्ने एम्बुलेन्स र पानी बोक्ने गाडीलाई चल्न दिएको र त्यो बाहेक सबै बन्द रहेको नेकपा दाङले जनाएको छ ।
पार्टीले पेट्रोलियम पदार्थको मूलवृद्धिको विरुद्ध गरिएको एक दिने नेपाल बन्द साझ ५ बजे खुल्ने भएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।