• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सडकका खाल्डाखुल्डी नपुरे आन्दोलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी




लमही–घोराही–तुलसीपुर सडकखण्डमा निर्माणाधीन फोरलेन सडक विस्तार आयोजनाको निर्माण कार्यमा भईरहेको ढिलासुस्तीप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनिय (क्रान्तिकारी) दाङले आपत्ती जनाएको छ ।

सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण दिनानुदिन सडक दुर्घटनासँगै कयौं यात्रुले ज्यान समेत गइसकेको र दैनिक यात्रुले दुर्घटनाको जोखिममा मोल्दै स्थानीयवासीले धुलोहिलोको समेत सास्ती खेप्नु परिरहेकाले सडक निर्माण आयोजना कार्य तिव्रताका सिाथ अघि बढाउन सरोकारवाला पक्ष ध्यानाकर्षण गराएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनिय (क्रान्तिकारी) दाङले सोमवार प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण पत्र बुझाउदै निर्माणाधीन फोरलेन सडक विस्तार आयोजनाको काम तिव्रताका साथ अघि बढाउदै नागरिक आवागमनलाई सहजता बनाउन माग सहित नागरिकको सास्ती माथि गम्भीर बन्न अनेरास्ववियू(क्रान्तीकारी) दाङका अध्यक्ष कल्याण अधिकारीको हस्ताक्षर ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

Facebook Comments