सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected] विज्ञापनका लागि 9809855403
यू -१९ लुम्बिनी प्रदेश छनौट प्रतियोगीतामा दाङको बिजयी शुरूवात
२७ कार्तिक २०७८, आईतवार
हिमाल महरा
कार्तिक, २८ घोराही । दाङको लमहीमा भएको वाई वाई यू – १९ प्रदेश छनौट खेलमा दानगले बिजयी शुरूवात गरेको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको बर्दियाले तुलबहादुर थापा र करण घर्ती मगरको उत्कृष्ट बलिंगको अगाडि खुलेर खेल्न सकेन र ३२.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ८१ रन बनाऊन सफल भयो । बर्दियाका लागि गोपाल जि सीले ६३ बलमा १ छक्का र १ चौकाको मददले २७ रन र भविष्य धामीले ३८ बलमा १२ रनको योगदान दिएका थिए भने अरु कुनै ब्याटसम्यानहरुले दोहोरो अंक छुन सकेका थिएनन भने बलिंग तर्फ दाङका लागी तुल बहादुर थापाले ८ ओभरमा १ मेड़न सहित १७ रन दिएर ४ तथा करण घर्ती मगरले ४.३ ओभरमा १३ रन दिएर ३ विकेट लिएका थिए साथै कमल वली र आयुष वलीले समान १.१ विकेट लिएका थिए भने १ खेलाडी रन आउट हुन पुगेका थिए । ८२ रनको बीजयी लक्ष्य लिएर मैदान ओर्लीएको दाङले २१ ओभरमा २ विकेट गुमाएर उक्त लक्ष्य प्राप्त गरेको थियो दाङका लागी बिराट सिंह भण्डारीले ६० बलको सामना गर्दै ४ चौकाको मददलेअविजित ३८ रन तेसै गरी सन्देश कुमार पाण्डे ले ५२ बलको सामना गरी २ चौका को मददले २९ रन बनाएका थिए ।बलिंग तर्फ बर्दियाका लागि कप्तान बिशाल बिक्रम के सीले र सौग़ात खत्रीले समान १.१ विकेट लिएका थिए । फलस्वरूप उक्त खेल दाङले ८ विकेटले जित्न सफल भएको थियो । खेलका म्यान अफ द म्याच दाङका तुलबहादुर थापा घोषित भएका दाङ क्रीकेट संघका अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।