• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पत्रकार महासंघको भवन बन्ने




लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा नेपाल पत्रकार महासंघले भवन निर्माण शुरु गर्ने भएको छ ।
महासंघ लुम्बिनी प्रदेशको बैठकले सो निर्णय गरेको हो ।

देउखुरी भालुबाङमा अध्यक्ष बसन्त गिरी र केन्द्रीय उपाध्यक्ष उदय जीएमको प्रमुख आतिथ्यतामा बसेको महासंघ लुम्बिनी प्रदेशको बैठकले सो निर्णय गरेको हो ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाबाट प्राप्त करीव ३ रोपनी जग्गामा सुविधासम्पन्न र भव्य प्रदेश कार्यालय भवन निर्माण गर्ने निर्णय भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । जसका लागि अध्यक्ष गिरीको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ । बैठकले भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने शीतगङ्गा नगरपालिका र पहल गर्ने महासंघको अर्घाखाँची शाखाप्रति धन्यवाद तथा आभार प्रकट गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशभित्रका सबै पत्रकारहरुको दुर्घटना विमा गर्ने, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने, अन्तर्राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न विभाग पनि गठन गरेको छ । जसअनुसार सचिव विक्रम खड्काको संयोजकत्वमा संगठन विभाग, सदस्य केशरमान बुढाथोकीको संयोजकत्वमा अनुशासन विभाग, उपाध्यक्ष शुक्रऋषि चौलागाईंको संयोजकत्वमा अनुशासन विभाग, उपाध्यक्ष चुमा आचार्यको संयोजकत्वमा महिला विभाग र शिव सुनारको संयोजकत्वमा समावेशी विभाग गठन गरिएको छ ।

प्रकाशन विभागमार्फत ‘लुम्बिनीको पत्रकारिता’ नामक इतिहासलगायतका पुस्तक प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासंघको शाखा गठन गर्ने निर्णय गरकेो छ भने प्रदेशसभामा पेश भएको सन्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरि पुनर्लेखन गर्न प्रदेश सरकारसँग माग गरेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

बैठकले प्रदेश समितिका सदस्य विन्दुकुमार चौहानको निधनप्रति शोक प्रस्ताव पारित छ ।

Facebook Comments