• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपानिकट मधेशी मुक्ति मोर्चाको भेला, अध्यक्षमा सर्जु यादव




नेपाल कम्युनिस्ट पार्टी निकट मधेसी राष्ट्रिय मुक्ती मोर्चा नेपाल राजपुर गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । मुक्ती मोर्चा नेपालको आयोजना आइतबार राजपुर सम्पन्न भएको भेलाले शर्जु यादवको अध्यक्षमा १७ सदस्यीय कमिटी निर्बाचित गरेको हो ।
जसको उपाध्यक्षमा भुपलाल यादव, सचिवमा सहजराम यादब, सह-सचिबमा हरिलाल यादव , कोषाध्यक्षमा रनबिर हरिजन र सदस्यहरु तेजराम यादब लगायत निर्बाचित भएका हुन् ।
शर्जु यादवको सभापति एवं नेपाल कम्युनिस्ट पार्टी दाङका पुर्ब इन्चार्ज तथा विशेष कमिटीका सदस्य बिक्रमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

भेलामा पार्टीका जिल्ला सदस्य रामप्रसाद हरिजन र हरि यादव, जिल्ला सदस्य तथा लमही नगरका इन्चार्ज जनक र प्रमुख अतिथि विक्रमले शुभकामना मन्तव्य राखेका थिए ।

मधेसी राष्ट्रिय मुक्ती मोर्चा नेपाल दाङका संयोजक सुर्य यादवले बन्दसत्रमा प्यानल प्रस्ताव घोषणा गरे भने पार्टीको राजपुर गाउँपालिकाका इन्चार्ज उज्ज्वलले बधाई मन्तव्य दिएका हुन् ।
कार्यक्रमको सहजीकरण हिमालले गरेका थिए ।

Facebook Comments