घोराही,२८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थमा गरिएको चरम मुल्यवृद्धिका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ ।
सोही अनुसार पार्टीले केन्द्रीय कार्यक्रम अनुसार आइतबार दाङका मुख्य ठाउँका शहरहरुमा एक घण्टा चक्काजाम गरेको हो ।
आयल निगमले नयाँ वर्ष देखि यता १० पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनले प्रष्ट पारे । देशमा सुखर शान्ति र समृद्धि ल्याउछौ भन्ने सरकार निदाएर बसेको र दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि गरेर जनताको ढाड सकिरहेको समेत उनले भनाइ छ ।
जनताको आशा र अपेक्षालाई यो दलाल संसदीय ब्यबस्थाले सम्बोधन गर्न नसक्ने भएको हुँदा यसका विरुद्ध एक पटक सम्पूर्ण जनताहरु एक जुट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । पार्टीले भ्रष्ट, दलाल संसदीय ब्यबस्थाको विकल्प मा वैज्ञानिक समाजबादी ब्यबस्था स्थापना गर्नुपर्ने मुख्य नारा लिएर सडकमा आएको पनि उनले बताए ।
बिहान १० बजेदेखि ११ बजेसम्म जिल्लाका मुख्य शहरहरु घोराही,लमही,तुलसीपुर,भालुबाङ,गढवा,राजपुर,दंगिशरको रगैचा,शान्तिनगर,बबई गाउपालिकाको हापुरे लगाएतका ठाउँहरुमा एक घण्टा चक्काजाम गरिएको नेकपाले जनाएको छ ।
पार्टीले मूल्यवृद्दिको बिरोधमा भोलि सीठ्ठी जुलुस र मसाल जुलुस गरिने समेत गर्ने भएको छ ।
कोणसभाको सहजीकरण युवा संगठन नेपाल घोराहीका अध्यक्ष पदम चन्दले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।