• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका दशैवटा पालिकामा प्रेस सेन्टरको शाखा विस्तार गरिने




प्रेस सेन्टर जिल्ला समन्वय समिति दाङले जिल्लाका दश पालिकामा शाखा उपशाखा बनाउने निर्णय गरेको छ ।

सेन्टरको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी कार्तिक ३० गते तुलसीपुर उपमहानगरपालिका र मंसिर ५ गते बंगलाचुलीमा प्रेस सेन्टरको भेला गर्ने निर्णय गरेको हो । यस्तै जिल्ला दशवटै पालिका संयोजन गर्न विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ ।

जसमध्य घोराही उपमहानगरपालिकामा सन्तोष डाँगी, तुलसीपुरमा दामोदर बस्नेत (राकेश), बंगलाचुलीमा जीबन नेपाली, राजपुर गाउँपालिकामा शान्तकुमार बुढा, लमही नगरपालिका उमेश बञ्जाडे, गढवा गाउँपालिका पुष्पा पौडेल, बबई र दंगीशरण गाउँपालिका दीपक बोहोरा र शान्तिनगर गाउँपालिकामा बिकास डाँगीलाई संयोजन गर्ने जिम्मा दिने निर्णय गरेको छ । राप्ती गाउँपालिकामा कार्यालयले नै संयोजन गर्ने निर्णय गरिएको छ ।

सेन्टरको नयाँ विधानअनुसार अब पालिकामा शाखा, उपशाखा र तदर्थ शाखा गठन गरिने छ । ११ जना भन्दा बढी सदस्य भएको पालिकामा शाखा, पाँच जनाभन्दा बढी भएको पालिकामा उपशाखा र सोभन्दा कम सदस्य रहेको शाखामा तदर्थ शाखा गठन गर्ने विधानमा उल्लेख छ ।

यस्तै बैठकले ४ वटा विभाग पनि गठन गरेको छ । संगठनका अध्यक्ष पाण्डब शर्मा प्रमुख र उपाध्यक्ष दामोदर बस्नेत (राकेश) उपप्रमुख भएको प्रकाशन विभाग गठन गरेको छ – जसको सदस्यमा अनिता पोख्रेल, जनक नेपाली, सन्तोष डाँगी,आभाष बुढाथोकी,सुमन केसी र राजेश चौधरी रहनु भएको छ ।

सचिव जनक नेपाली प्रमुख भएको तालिम तथा प्रशिक्षण विभाग गठन गरिएको छ बिभागको सदस्यहरुमा हेमराज नेपाली(परिर्वतन) उदीराम चौधरी,कमल कवर मगर,अङ्गतराज परियार विकास डाँगी र अस्मिता नेपाली रहनु भएको छ । महिला उपाध्यक्ष अनिता पोख्रेल प्रमुख र भावना सुवेदी उपप्रमुख रहेको महिला विभाग गठन गरिएको छ – जसको सदस्यहरुमा पुष्पा पौडेल अस्मिता नेपाली र बर्षा मगर रहनु भएको छ ।

कोषाध्यक्ष जीवन नेपाली प्रमुख र कार्यालय सदस्य गिरीराज नेपाली उपप्रमुख रहेको आर्थिक विभाग पनि गठन गरिएको छ – विभागको सदस्यहरुमा दीपक ओली,भागवत भट्राई,र कमल कवर मगरलाई जिम्मा दिने निर्णय गरेको सचिव जनक नेपालीले जानकारी दिनुभयो । यस्तै बैठकले गोरखापत्रमा कार्यरत पत्रकारलाई कामबाट हटाएको प्रति संगठनको गम्भिरध्याकर्षण भएको जनाएको छ । हटाईएका सम्पुर्ण पत्रकारलाई अबिलम्ब काममा फर्काउन पनि माग गरेको छ ।

यही मंसिर ९ गते दाङमा हुन गई रहेको प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अधिवेशनमा आयोजक जिल्लाका रुपमा आतिथ्यता प्रदान गर्ने र आबश्यक सहयोग गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द«का केन्द«ीय सदस्य एवं दाङ जिल्ला ईन्चार्ज जीवन गौतमले समाज परिर्वतनको जिम्मा पत्रकारको काधमा आईपुगेको बताउँनुभयो ।

माओवादी केन्द« समाजबादको यात्रामा अघि बढेको भन्दै त्यस अनुरुपमा सामग्री लेखनमा पत्रकारले ध्यान दिनु दिनुपर्ने बताउँनुभयो । बैठकलाई माओवादी केन्द«का केन्द«ीय सदस्य नारायणी शर्मा (प्रतिक्षा) दामा शर्मा, संगठनका संस्थापक तथा राष्ट्रिय महादिवेशन आयोजक समिति सदस्य अजयदीप शर्मा, केन्द्रीय लेखा आयो सहसंयोजक नरेन्द्र केसी, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य एवं जिल्ला ईन्चार्ज पुरन शर्मा,प्रकाश चौधरी,भुपेन्द्र ओली, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य केशरमान बुढाथोकी , निबर्तमान उपाध्यक्ष सन्तोष अधिकारी लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो । बैठकमा अध्यक्ष पाण्डब शर्माले आगामी तीन बर्षे कार्यायोजना समेत पेश गर्नु भएको थियो ।

Facebook Comments