• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङद्धारा पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध घोराहीमा प्रदर्शन




घोराही, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी दाङले पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्धमा विभिन्न खालका संघर्षका कार्यक्रम गर्दै आएको छ ।

राज्यले पेट्रोलिय पदार्थको मूल्य अनावश्यक रुपमा वृद्धि गरेको र त्यसको मूल्य तत्काल घटाउन माग गर्दै सो पार्टीले केन्द्रीय कार्यक्रम अनुसार शनिबार घोराहीमा विरोध प्रदर्शन गरेको हो ।


कोण सभामा बोल्दै नेकपा दाङका सेक्रेटरी प्रदीप वलीले यो राज्य व्यवस्थाले गरेको गलत कार्यको विरोध गरिरहेको बताएका छन् । राज्यले पछिल्लो चरणमा पेट्रोलिय पदार्थको चरम मूल्यवृद्धि गरेका हुँदा त्यसको विरुद्धमा पार्टीले निरन्तर संघर्षका कार्यक्रमहरु गर्दै आइरहेको पनि उनले बताए । यो राज्य व्यवस्थाले जनताको ढाड सक्ने गरी बढाएको महंगी र पेट्रोलिय पदार्थको मूल्य तत्काल फिर्ता लिन माग गर्दै पार्टी विभिन्न खालका आन्दोलन गरेको र राज्यले वृद्धि गरेको मूल्य घटाएन भने थप सशक्त भएर अगाडि बढ्ने कुरा समेत उनले प्रष्ट पारे । यो दलाल व्यवस्थाले जनतामा भ्रम छरिरहेको तथा लुट मच्चाइरहेको र सत्ता टिकाउनका लागि जस्तो सुकै हर्कत गर्न पछि नपर्ने पनि उनको भनाइ छ ।
कोण सभामा बोल्दै प्रदीपले फरक प्रशंगमा यो दालल संसदीय व्यवस्था चरम संकटमा परेका हँुदा त्यसको विकल्प भनेको वैज्ञानिक समाजवादी व्यवस्था भएकोले अब संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक भनेर जनमत संग्रह गर्नुपर्ने उल्लेख गरे ।


घोराहीको शहिद गेटबाट शुरु भएको पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन तुलसीपुरचोकमा आएर कोणसभामा परिनत भएको थियो ।

प्रदर्शनमा पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर, बढ्दो महंगी नियन्त्रण गर लगाएका नारा घन्किएका थिए ।
कोण सभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य विकाशले गरेका हुन् ।

 

 

 

 

Facebook Comments