नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले अब पार्टी संरचना समाजवादी शैलीको हुनुपर्ने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र दाङ शान्तिनगर गाउँ कमिटी बैठकलाई सम्वोधन गर्दै उहाँले समाजवादको जग टोलस्तरबाटै शुरु गर्नुपर्ने भएकाले पार्टी संरचना पनि सोही अनुरुपको हुनुपर्ने बताउनुभएको हो ।
पार्टीले कार्तिक २७ गते टोल, मंसिर ४ गते वडा र मंसिर ११ गते पालिका सम्मेलन गर्न थालेको भन्दै टोललाई समाजवादी अभ्यासको आधार बनाउनुपर्ने बताउनुभयो । टोलस्तरमा सबै पार्टी सदस्यलाई समेटेर कम्युनको रुपमा पार्टी कमिटी अघि बढाउनुपर्ने पनि उहाँले बताउनुभयो ।
बैठकर्ला लुम्बिनी प्रदेश सदस्य भीमबहादुर ओली र लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला ओलीले पनि सम्बोधन गर्नुभएको थियो । बैठकले मंसिर ११ गते गाउँ कमिटीको अधिवेशन चिराघाटमा गर्ने निर्णय गरेको छ ।
बैठक पार्टी गाउँ समिति अध्यक्ष नेवबहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।