• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब समृद्धिको नेतृत्व माओवादीले लिन्छः आचार्य




नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले अब समृद्धिको नेतृत्व माओवादी केन्द्रले लिने बताउनुभएको छ ।

पार्टीको गढवा गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । परिवर्तनको संवाहक शक्ति भएकाले समृद्धिको नेतृत्व पनि माओवादीले नै गर्ने उहाँले बताउनुभयो ।

गढवा गाउपालिकामा पार्टिको काम सन्तोषजनक रुपमा अगाडि बढिरहेको भन्दै उहाँले सम्पूर्ण पार्टी सदस्यहरुलाइ सेल कमिटिमा सगठित गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलको अध्यक्षता, आचार्यको प्रमुख आतिथ्यमा भएको बैठकमा प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने, प्रदेश सचिवालय सदस्य भक्तु चौधरी, जिल्ला समन्वय समिति सदस्य हरिप्रसाद यादवलगायतले बोल्नुभएको थियो ।

बैठकमा पालिकाबाट दुई हजार पार्टी सदस्य बनेको जानकारी दिइएको छ । जसमा पुराना एक हजार चार सयले नवीकरण गरेका छन् भने छ सय नयाँ सदस्य थपिएका छन् ।
बैठकले कार्तिक २७ गते टोल सम्मेलन गर्ने, मंसिर ४ गते वडा सम्म्मेलन
र मसिर ११ गते पालिका सम्मेलन प्रभावकारी बनाउने निर्णय गरेको छ ।

Facebook Comments