• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार आचार्यलाई प्रदान गरिने




उत्सर्ग फिल्मस् नेपालले लोकगायक, संगीतकार एवं लोकसंस्कृतिविद् डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ । २५ हजार राशीको सो पुरस्कार मंसीर २५ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड समारोहमा प्रदान गरिने उत्सर्ग फिल्मस् मएपालका अध्यक्ष केएल पीडितले बताउनु भयो ।

२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गर्नु भएका लोकगायक, संगीतकार एवं लोअसंस्कृतिविद् डा आचार्यले लोक, आधुनिक र दोहोरी गरी २ सय गीतमा स्वर दिनुभएको छ भने ५ दर्जन आधुनिक गीतमा संगीत भर्नुभएको छ ।

आँखी लाउने गाजलु, देउरालीको डाँडाबाट कल्ले बोलायो, माया लाउँ त मायालु पाइन, बिर्सेछ्यौ कि मायालु काफल खाएको लोकगीत डा. आचार्यले गाएका निकै लोकप्रीय छन् ।
डा. आचार्यले संगीत भरेका गीतहरूमध्य यम बरालको स्वर रहेको मरेको लास नराख घरमा, लोचन भट्टराईको स्वर रहेको म तड्पिएको हेर्ने हौ भने र दिपक लिम्बुको स्वर रहेको सुनगाभा सरी निकै चर्चित छन् ।
नेपालमा लोकगीतमा विद्यावारिधि गर्ने पहिलो बन्नुभएका डा. आचार्यले नेपालका विभिन्न जाति समुदायका ७ सय गीत संकलन तथा विश्लेषण गर्नुभएको छ । उहाँका लोकसाहित्य तथा लोकसंस्कृतिका अनुसन्धानमूलक १ दर्जन र अन्यगरी २५ पुस्तकहरु प्रकाशित छन् ।

Facebook Comments