कमल कवर
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गत दाङ जिल्लाका १० वटै स्थानिय तहमा कार्यरत व्यबस्थापन सूचना प्रणाली अपरेटर तथा फिल्ड सहायकहरुको जिल्ला भेलाले ११ सदस्यीय कार्य समिती गठन गरेको छ ।
बुधवार दाङको घोराही स्थीत न्यु मिलिनियम स्वीटस्को हलमा बसेको भेला बाट बालकृष्ण पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन गरेको छ । जसमा उपाध्यक्षमा शोभा पण्डित, कोषाध्यक्षमा कालुराम चौधरी, सचिवमा बिराज अधिकारी र सह-सचिवमा अनिल यादव रहनु भएको छ । त्यसैगरी सो भेलाले कमल कवर मगरको संयोजत्वमा ५ सदस्यीय सल्लाहकार समिती पनि चयन गरेको छ । सल्लाहकार सदसस्यहरुमा क्रमश रेमन्त डाँगी, ऋषि राम यादव, शान्ता चन्द र दुर्गा प्रसाद यादव रहनुभएको छ ।
दाङ जिल्ला अन्तर्गत १० वटा स्थानिय तहमा कार्यरत एम. आई. एस. अपरेटर र फिल्ड सहायकहरु तथा स्थानिय तहमा करारमा कार्यरत सम्पूर्ण कर्मचारी हरुको हक अधिकारको सुनिश्चितताका लागि यस्तो संगठित समितीको आवश्यकता रहेको नव गठित कार्य समितीका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनु भयो ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना सफल पार्नको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मिती २०७६ भदौ १७ मा विज्ञापन गरी खुल्ला प्रतिस्पर्धा बाट ७५३ वटै स्थानिय तहमा एम.आई.एस.ओ. र फिल्ड सहायकहरु नियूक्त गरी प्रत्येक स्थानियतहमा सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाई स्थापना गरेको थियो ।
जस अन्तर्गत दाङ जिल्लामा २८ जना एम. आई. एस. अपरेटर र फिल्ड सहायकहरु कार्यरत छन । स्थानिय तहमा सेवा इकाई स्थापना पश्चात सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंकिङ्ग प्रणालिमा लगि व्यबस्थित गर्न तथा व्यक्तिगत घटना दर्तालाई अनलाई प्रणाली मार्फत दर्ता गर्ने प्रकृया थालनी मा महत्वपूर्ण योगदान रहेको सल्लाहकार संयोजक कमल कवर मगरले प्रष्ट पार्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।