• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मंसिर ४ गते माओवादी केन्द्रको देशैभर वडा सम्मेलन, दाङमा तयारी शुरु




नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते एकैदिन देशभरिका वडामा सम्मेलन गर्ने भएको छ ।

देशभरि एकै दिन कार्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा सम्मेलन र मंसिर ११ गते पालिका सम्मेलन तोकिएको छ । त्यस्तै मंसिर २५ गते प्रदेश सम्मेलन तोकिएको सो पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिनुभयो ।

जसका लागि माओवादी केन्द्र दाङले पनि स्थानी यसम्मेलनको तयारी थालेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको मंगलवार बसेको प्रथम विस्तारित बैठकले टोलदेखि पालिका सम्मेलनसम्मका सबै सम्मेलनको तयारी घनिभूत बनाउने निर्णय गरेको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ले जानकारी दिनुभयो ।

यी सम्मेलनसँगै माओवादी केन्द्रले पहिलोपटक निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्ने छ । त्यसका लागि दाङका दश पालिका र एक सय वटै वडामा छुट्टाछुट्टै निर्वाचन समिति गठन गरिएको संयोजक पुनले जानकारी दिनुभयो ।

सम्मेलनको तयारीस्वरुप पालिकास्तरीय निर्वाचन समिति र जिल्ला सदस्य तथा विभागीय सदस्यहरुलाई मंगलवार निर्वाचन प्रणालीबारे प्रशिक्षणसमेत दिइएको छ । पार्टी प्रदेश सचिव अपार र प्रदेश निर्वाचन समितिका सदस्य अधिवक्ता रामशरण चौधरीले प्रशिक्षण दिनुभएको थियो । नयाँ निर्वाचन प्रणालीअनुसार अब पहिलेको जस्तो हलमा प्यानल प्रस्ताव नगरी इच्छुक उम्मेदवारले तोकिएको दस्तुर तिरेर मनोनय दर्ता गर्नेछन् र निर्विरोध वा मतदान आवश्यकताअनुसार दुबै बिधि प्रयोग गरिने प्रदेश निर्वाचन समिति सदस्य चौधरीले जानकारी दिनुभयो ।

मंगलवारको विस्तारित बैठकले पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म मात्रै भएकाले बाँकी सबैलाई नवीकरण गरी सफ्टवेयरमा अपडेट गराउन वडाहरुलाई निर्देशन दिएको संयोजक पुनले जानकारी दिनुभयो । बैठकलाई केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज जीवन गौतम, केन्द्रीय सदस्य निर्मल आचार्यलगायतले सम्बोधन गर्नुभएको थियो ।
मन्त्री र राज्यमन्त्रीलाई सम्मान
सोही क्रममा पार्टी केन्द्रीय सदस्य एवं प्रदेश स्वास्थ्यमन्त्री इन्द्रजीत थारु र पार्टी जिल्ला सदस्य एवं प्रदेश राज्यमन्त्री बिमला ओली खत्रीलाई प्रमाणपणसहित सम्मान गरिएको थियो ।
त्यस्तै पार्टी प्रवास शाखाबाट सरुवा भएर आउने प्रदेश सदस्य रामप्रसाद घिमिरेलाई पनि सम्मान गरिएको थियो । बैठकले कोरोनाका कारण निधन हुने जिल्ला सदस्य बसन्तराज अधिकारीसहित सबै मृतकहरुप्रति श्रद्धाञ्जली दिंदै शोक प्रस्ताव पारित गरिएको संयोजक पुनले जानकारी दिनुभयो ।

Facebook Comments