• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोइलाबास नाकाबाट भित्र्याइएको बिष्फोटक पदार्थ बरामद




शिवु खनाल

तिहार नजिकिएसँगै नेपालमा प्रतिबन्धित बारुदजन्य पटका (विस्फोटक पदार्थ) तस्करी समूहले सीमावर्ती नाकाबाट भित्राउन थालिसकेका छन् । खुल्ला सीमा नाकाबाट बारुदजन्य पटका अहिलेदेखि नै भित्राउन थालिसकेको भन्दै सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबास र सीमा प्रहरी चौकी कोइलाबासले सीमा क्षेत्रमा विस्फोटक पदार्थ रोक्न विशेष निगरानी बढाएको छ ।
यसैक्रममा भारतसँग जोडिएको दाङको कोइलाबास नाकाबाट विभिन्न किसिमका अवैध विस्फोटक पदार्थ बरामद गरिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबासले चेकजाँच पोइन्ट तथा गस्ती टोलीले चेकजाँच गर्ने क्रममा गत मंगलबार भारि रूपका विस्फोटक पदार्थ बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबासका प्रमुख माधबप्रसाद ढुङ्गेलका अनुसार चेकजाँच पोइन्ट तथा गस्ती टोलीले करिब पचास हजार बराबरको रकेट बम, सुतली बम लगायत विभिन्न किसिमका अवैध विस्फोटक (पटका) बरामद गरिएको जानकारी दिनुभयो । बरामद गरिएको अवैध विस्फोटक पदार्थलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबासको कम्पाउण्ड अगाडि नष्ट गरिएको प्रमुख ढुङ्गेलले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट चोरी निकासी गरी भित्राइने विभिन्न किसिमका विस्फोटक पदार्थलाई नियन्त्रण गर्नको लागी सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ । तस्कर समूहले जिल्लाको विभिन्न नाकाबाट भित्राएको विस्फोटक पदार्थ तिहार आउनु भन्दा एक महिना अघि नै बजार पठाउने गरेको बताइएको छ ।

विगतका वर्षहरू पनि यसरी नै तस्कर समूहले विस्फोटक पदार्थ भित्राउँदै आइरहेकोले यसबर्ष सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबासले बेलैमा निगरानी बढाएको प्रमुख ढुङ्गेलले बताउनुभयो । कोइलाबास नाकासँग जोडिएको भारतको बलरामपुर जिल्लामा पर्छ । तर, भारतको बलरामपुर जिल्लामा पटका प्रतिबन्धित छैन ।

भारतमा उत्पादन हुने पटका नै नेपाली बजारमा भित्रिने गरेकाले भारतसँग जोडिएको सीमा नाकातर्फ सशस्त्र प्रहरी र नेपाल प्रहरीले विशेष सुरक्षा निगरानी बढाउनु पर्ने देखिन्छ । बरामद गरेको (विस्फोटक पदार्थ) स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी), नेपाल प्रहरी लगायतको रोहबरमा खाडलमा पानी हालेर नष्ट गरिएको छ ।

यस्तै सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबासले अवैध भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको सुकेको नरिवल र अन्य विभिन्न किसिमका मिठाई कोइलाबास नाकाको डाडाँगाउको जंगलबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबासका प्रमुख माधवप्रसाद ढुङ्गेलका अनुसार गते सोमबार अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको अन्दाजी करिब साठी हजार मुल्य बराबरको सुकेको पचास किलो नरिवल र अन्य विभिन्न किसिमका पचास किलो मिठाई डाडाँगाउ जगंलबाट बरामद गरि आबश्यक कारबाहिको लागि कोइलाबास भन्सार कार्यलयमा बुझाइयको बताउनुभयो ।।

Facebook Comments