• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देश बदल्न सबैभन्दा पहिले शासक बदलिनुपर्छः अर्थमन्त्री शर्मा




अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताउनुभयो । बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेहरूले जनताको शासक नभई सेवकका रूपमा रहेर काम गर्नुपर्ने बताउनुभयो । ‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ । तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ’, उहाँले भन्नुभयो, ‘यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्नेहरू जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ ।’

यसैगरी मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताउनुभयो । उहाँका अनुसार मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरके नागरिकले संकल्प गर्नुपर्छ । ‘उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नीति बनाएर मात्र हुँदैन, सरकारको नीति कार्यान्वयनका लागि हरेक नागरिकले राष्ट्र निर्माणको संकल्प गर्न आवश्यक छ’, उहाँले भन्नुभयो, ‘म मेरो देश बनाउँछु, म मेरो देशलाई सम्पन्न गर्छु, गरिबीको अन्त्य गर्न मेरो ठाउँबाट भूमिका खेल्छु भनेर सबैले संकल्प ग¥यौँ र त्योअनुसार देश अगाडि बढ्यो भने हाम्रो गरिबी अन्त्य गर्न धेरै समय लाग्दैन, पाँच वर्ष काफी छ ।’

उहाँले बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्ने समेत दाबी गर्नुभयो । उहाँले यस किसिमको अभियान नै चलाउनुपर्ने पनि बताउनुभयो । अभियान निरन्तर गरे प्रत्येक दिन युवा विदेशिनुपर्ने बाध्यताबाट समेत मुक्त हुने बताउनुभयो ।

व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गर्नुभयो । उहाँले व्यक्ति धनी भए राष्ट्र पनि समृद्ध हुने बताउनुहुँदै राष्ट्र समृद्ध भए सबै नागरिक समृद्ध हुने बताउनुभयो । यस किसिमको बहस नभएकाले बहस चलाउन समेत उहाँले आग्रह गर्नुभयो ।

Facebook Comments