• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा दूध प्रशोधन केन्द्र बन्दै, दैनिक चालिस हजार लिटर दूध प्रशोधन गर्ने लक्ष्य




स्यार्पू पावर कम्पनी लिमिटेड को सहायक कम्पनी स्यार्पू कृषि कम्पनी लिमिटेडको लगानीमा रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नं १२ मा दूध प्रशोधन केन्द्र बन्ने भएको छ ।

जिल्लाको कृषि जन्य उत्पादनलाई प्रोत्साहन गर्ने तथा समग्र जिल्लाको आर्थिक गतिविधिलाइ चलायमान बनाउने उद्देश्यका साथ नेपाल सरकारका अर्थमन्त्री एवं रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को परिकल्पनामा सो केन्द्र बन्न थालेको हो ।

जसमा प्रति दिन ४० हजार लिटर दूध प्रशोधन गरेर छुर्पी र फेलबर मिल्क उत्पादन गर्ने लक्ष्य राखिएको छ । जसका लागि पहिलो चरणको कारखाना भवन निर्माण सम्झौता भएको छ ।

एमएस सिवालय कुँवर जेभीले सो ठेक्का प्राप्त गरेको छ । छठलगत्तै भवन निर्माण शुरु हुने र ६ महिनाभित्र काम सम्पन्न हुने कम्पनीले जनाएको छ ।

Facebook Comments