• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा संगठन नेपालले आफ्नो महत्वपूर्ण निर्णयहरु सार्वजनिक ग¥यो




घोराही, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले आफ्नो महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । संगठनले आफ्नो चौथो राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै सम्मेलनबाट पास भएका महत्वपूर्ण निर्णयहरु बुधबार नेपाल पत्रकार महासंघ दाङको सभाहलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।


संगठनले सन १८१६ मा गरिएको सुगौली सन्धी र सन १९५० मा गरिएको शान्ति तथा मैत्री सन्धी लगायत सम्पूर्ण असमान सन्धी सम्झौता र धाराहरुको खारेज हुनुपर्ने, लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्प हटाउन शसक्त संघर्ष गर्ने, एमसीसी परियोजना नेपालको हितमा नभएको हुँदा यसको पूर्ण खारेजीको लागि आन्दोलन संचालन गर्ने, बिचारात्मक क्षेत्र, संगठनको क्षेत्र, संघर्षको क्षेत्र र आर्थिक क्षेत्रहरुमा महत्वपूर्ण र दुर्गामी कार्यक्रमहरु तर्जुमा गरेको, राष्ट्रियता, स्वाधिनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न निरन्तर संघर्ष गर्ने, गोर्खा भर्ती केन्द्रका नाममा यवाहरुलाई नव दास तथा गुलाम बनाउने कार्य रोक्न राजनीतिक, कुटनैतिक तथा संघर्षका कार्यहरु गर्ने, जनताको मौलिक अधिकारको रुपमा रहेका गाँस, बाँस, कपास, शिक्षा स्वास्थ्य, रोजगार तथा जनअधिकार र जनजीविकाको पक्षहरुलाई स्थापित गर्न संघर्ष संचालन गर्ने, सामाजिक विकृति बिसंगतिका रुपमा रहेका धार्मिक अन्धता, जातीय विभेद, लैङ्गिक विभेद र महिलामाथि हुने सामाजिक दुब्र्यवहार तथा असुरक्षा र बलात्कार जस्ता अमानविय घटनाहरुको अन्त्यका लागि सामाजिक जागरण तथा संघर्ष संचालन गर्ने लागु औषधी दुव्र्यसनी गर्ने गराउनेहरुलाई सचेतना कार्यक्रमहरु तथा कारबाही गर्ने, आजको नेपालमा पैदा भएको संकटहरुको सचित समाधान वैज्ञानिक सामाजवादले मात्र दिन सक्ने निष्कर्षमा सम्मेलन पुगेको छ , तसर्थ नेपाली जनताले आफ्नो व्यवस्था आफै चुन्न पाउने एक मात्र लोकतान्त्रिक विधि जनमतसंग्रहका लागि युवाहरुलाई व्यापक परिचालन तथा संघर्ष गर्ने लगायतका निकै महत्वपूर्ण निर्णयहरु पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

संगठनले देशमा पैदा भएको आर्थिक राजनीतिक, साँस्कृतिक र सामाजिक संकटहरुको बारेमा सम्मेलनमा गहन अध्ययन गरेको जनाएको छ । संददीय व्यवस्थाले सिर्जना गरेका भ्रष्टाचार, कमिसनखोर, राज्यको सम्पत्तिको दोहन र जनतालाई कथित करको नाममा गरिरहेको शोषणको विषयमा सम्मेलनबाटै ध्यानकर्षण भएको तथा विभिन्न साम्राराज्यवादी शक्ति केन्द्रहरुले नेपालमाथि गरिरहेका हस्तक्षेपहरुका विरुद्ध संघर्ष गर्नु पर्नेमा समेत सम्मेलन एकमत भएको संगठनले जनाएको हो ।
कात्तिक १४ र १५ गते दुई दिनसम्म तुलसीपुरमा सम्पन्न भएको युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनले ६ जनापछि थप गर्नेगरी ७१ सदस्यीय केन्द्रीय समिति बनाएको संगठनका अध्यक्ष पाटनले बताए । संगठनले साम्राराज्यवादी शक्तिहरुले नेपालमाथि गरिरहेका हस्तक्षेप विरुद्ध, राष्ट्रिय स्वाधिताको रक्षा तथा दलाल, कमिसनखोरी, भ्रष्टाचारी जस्ता विषयमा निरन्तर खबरदारी र सशक्त संघर्षका कार्यक्रहरु पनि गर्दै आइरहेको कुरा उनले प्रष्ट पारे ।

युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदीप वली, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, आतिथ्यता रहेका थियो । पत्रकार सम्मेलनमा युवा संगठन नेपालका उपाध्यक्ष दिनेश, सचिव तिलक र कोषाध्यक्ष विश्लेषणको आ–आफ्ना भनाइहरु राखेका थिए ।
संगठनका कोषाध्यक्ष विश्लेषणको स्वागता मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव विदुसीले गरेकी थिइन् ।

 

Facebook Comments