• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा संगठन नेपालको केन्द्रीय अध्यक्षमा : पाटन




घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द सत्र सम्पन्न भएको छ ।


दुई दिनसम्म दाङको तुल्सीपुरमा चलेको सम्मेलनले पाटन जंगलीको अध्यक्षतामा ६ जना पछि थप गर्नेगरी ७१ सदस्यीय केन्द्रीय कमिटी निर्बाचित गरेको हो । जसको उपाध्यक्षमा दिनेश, महासचिवमा विदुषी , सचिबमा तिलक र कोषाध्यमा विश्लेषण लगायत निर्बाचित भएका छन् ।


युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलनको आयोजक समितिका संयोजक पाटनको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द `विप्लव´को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका नेता तथा संगठनका सबै जिल्लाहरुबाट प्रतिनिधि /प्रवेक्षकहरुको उपस्थित रहेको नेकपा दाङले जनाएको छ ।


संगठनको चौथो राष्ट्रिय सम्मेलनको उट्घाटन समारोह कार्तिक १३ गते शनिबार घोराहीमा रहेको सहिद मन्चमा सम्पन्न भएको थियो भने बन्द सत्र १४ र १५ गते तुलसीपुरमा भएको  पार्टी कार्यालयले जनाएको हो ।

 

Facebook Comments